खाद्य एवं सर्वराह विभाग खरसाङको कार्यालयमा विदाई समारोह सम्पन्न

IMG-20250305-WA0296

खरसाङ: आज खरसाङ खाद्य एवं सर्वराह विभाग खरसाङको कार्यालयमा विदाई समारोह सम्पन्न भएको छ। खरसाङ खाद्य विभागकाे कन्टोलर सामल मुखर्जीकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विभागको कर्मचारी मेनुका तामाङले गरेका थिए। कार्यक्रमकाे थाल्नी कन्टोलर सामल मुखर्जीद्वारा स्वागत भाषणद्वारा गरिएकि साथै अवकाशप्राप्त कर्मचारी राजेन राई, महेश सिटोङ अनि इन्द्रीरा गुरुङलाई उनीहरुले धेरै धेरै वर्ष यष कार्लायमा दिएको योगदान अनि जनताहरुलाई गरेको सेवाकाे खुला प्रशंसा गर्दै खदार्पणसहित स्मृति पत्र र उपहार प्रदान गरेर सम्मान गरिएको छ। कार्यक्रममा विशेष गरेर दार्जिलिङको कन्टोलर, सीआई जोगेस गिरी, सम्पूर्ण कर्मचारी अनि भूतपूर्व कन्टोलर धुर्व्र बराईली, कर्मचारी अर्जुन तामाङकाे उपस्थिति रहेको थियो। कार्यक्रममा गिता छेत्री अनि ओङ्मु लामाद्वारा गीत प्रस्तुत गरिएको थियोे। कार्यक्रममा स्मृति पत्र सीआई जोगेश छेत्रीले पठन गरेका थिए।


कार्यक्रममा सबैले नृत्य र गीत प्रस्तुत गरेका थिए। यस क्षणमा भावक हुँदै अवकाशप्राप्त गर्ने कर्मचारी राजेन राई, महेश सिटोङ अनि इन्द्रीरा गुरुङले पनि आफुहरुले यत्रो वर्ष कार्य गरेको कार्यालय छोडे जानु पर्दा दु:खकाे अनुभव गर्दै आ-आफ्नो अनुभवहरु साझा गरे भनी कार्यालयका कर्मचारी मेनुका तामाङले जानकारी गराएकी छन्।

About Author

Advertisement