सिडनी: सिडनी क्रिकेट ग्राउण्ड (एससीजी) – मा अष्ट्रेलिया र ईंग्ल्याण्डबीच आइतवारदेखि शुरु एशेज सीरीजको पाँचौं टेस्ट म्याचको पहिलो दिन खराब मौसमले गर्दा केवल ४५ ओभरको खेल सम्भव भयो। ईंग्ल्याण्डले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ३ विकेट गुमाएर २११ रन बनायो। स्टम्प्ससम्म ह्यारी ब्रूक ७८ र जो रुट ७२ रनमा अविजित थिए। अष्ट्रेलियाको निम्ति मिचेल स्टार्क, माइकल नेसर र स्कट बोलाण्डले १-१ विकेट लिए। पाँचवटा टेस्ट म्याचको सीरीजमा अष्ट्रेलिया अहिले ४-१-ले अघि रहेको छ। आज ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिला ब्याटिंग गर्ने फसेला गरे। दुवै टीमको अन्तिम एकादशमा १-१ वटा फेरबदल देखियो। पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले ५७ रनमै ३ विकेट गुमायो। स्टार्कले बेन डकेटलाई शुरुमै आउट गरे, जसले २४ बलमा ५ वटा चौकाको साथ २७ रन बनाए। त्यसपछि डकेटका ओपनिंग जोड़ीदार ज्याक क्रली पनि १६ रन बनाएर नेसरको शिकार बने। त्यसपछि बोलाण्डले जेकब बेथललाई आफ्नो शिकार बनाए, जसले केवल १० रन बनाए। खराब शुरुवातपछि ईंग्ल्याण्डको पहिलो ईनिंग्सलाई रुट र ब्रूकले मिलेर असल स्थितिमा पुऱ्याए। यी दुईजनाले चौथो विकेटको निम्ति १५४ रनको अटूट पार्टनरशीप गरिसकेका छन्। रुटले १०३ बल खेलेर ८ वटा चौका लगाइसकेका छन्। यसरी ब्रूकले ९२ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाएका छन्। रुट र ब्रूक आत्मविश्वासको साथ खेलिरहेको समय नै खराब मौसमले गर्दा खेल रोकियो।








