खरसाङ: खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनको गोर्खा डा पारसमणि प्रधान प्रेक्षागृहमा खरसाङ सार्की समाज खरसाङ महकुमा समितिको आयोजनामा सम्वर्द्धना कार्यक्रम सम्पन्न भएको छ। उक्त सम्वर्ध्दनाको अध्यक्षता अर्जुन सार्कीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सार्की विकास बोर्डका चेयरम्यान सदीप सार्की उपस्थित रहेका थिए।कार्यक्रमलाई सचिव रबि तोलाङ्गीले सञ्चालन गरेका थिए। उक्त सम्वर्ध्दना कार्यक्रममा दार्जिलिङका ख्यातीप्राप्त संगीतकार चन्दन लम्जेललाई बंग भूषण पुरस्कार प्राप्त गरेकोमा उनलाई बधाई तथा शुभकामनासहित सम्वर्ध्दना जनाइएको छ। यस समारोहमा समाजका बरिष्ठ दुई सदस्यद्वय मंगल सार्की र केबी लम्जेल अनि श्री निक्की मंग्राती एएसईलाई पनि सम्मान जनायो। कार्यक्रममा समाजको सबै सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सबैको सम्मान पत्र रबि तोलङ्गीले पठन गरेका थिए भने सम्मान पत्र प्रदान गर्नको लागि सहललकार कुबीर सार्की, मंगल सार्कीको बाहुलीबाट शल र ढाका टोपी लगाएर सम्मान जनाएका थिए भने केबी लम्जेललाई कुमार बेसलको हातबाट टोपी र शल, मधु मंग्रातीले सम्मान जनाइएको थियो। त्यसरी नै निक्की मंग्रातीलाई शल र टोपी लगाएर अनि उर्मिला मंग्रातीले पनि सम्मान पत्र प्रदान गरेका थिए। यसको साथै हालैमा बंग भूषण पुरस्कार प्राप्त गर्ने समाजको गौरव वरिष्ठ संगीतकार चन्दन लम्जेललाई शल, टोपी मधु मंग्रातीको हातबाट प्रदान गरिएको छ। यसको साथै प्रमुख अतिथि सदीप सार्कीको हातबाट सम्मान जनायो अनि समाजका सबै सदस्यहरूबाट उनलाई खदा लगाएर सम्मान जनायो।

कार्यक्रममा वरिष्ठ संगीतकार चन्दन लम्जेलले दुई शव्द राख्दै एकछिन भावुक बने अमि उनलाई बंग भूषण पुरस्कार प्राप्त गरेको र यो पुरस्कार राज्यको सबैभन्दा ठूलो पुरस्कार रहेको अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट प्राप्त गरेको जानकारी गराएका छन्। उनले आउने दिनमा पनि समाजको लागि धेरै काम गर्ने बिचार राखे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सार्की बोर्डको चेयरम्यान सदीप सार्कीले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको अध्यक्ष अर्जुन सार्कीले सबै सबैलाई धन्यवाद दिएका थिए।









