खरसाङ: सांस्कृतिक महाकुम्भको दोस्रो दिन (फोटो फिचर)  

00-GSS-1

खरसाङ: नेपाली नयाँ वर्ष विसं २०८० लाई स्वागत जनाउन खरसाङको मन्टेभियट मैदानमा गोर्खा सांस्कृतिक संस्थानको आयोजना हिजोदेखि शुरु भएको सांस्कृतिक महाकुम्भको दोस्रो दिन आज विभिन्न संघ-संस्थाहरूद्वारा लोकगीत र लोक नृत्यहरू प्रस्तुत गरियोl यसका साथमा नेपाली पप गीतहरू पनि प्रस्तुत गरिएको थियोl यसै कार्यक्रमबीच नेपाली लोक संस्कृतिसित सबन्धित विषयमा विद्यार्थीहरू माझमा हाजिरी जवाब प्रतियोगिता आयोजना गरिएको थियोl यस प्रतियोगितामा रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय, सन्त अल्फन्सस स्कूल, आदर्श उच्चतर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय, पुष्परानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालय र पंखाबारी उच्चतर माध्यमिक विद्यालयको सहभागिता रहेको थियोl प्रतियोगितामा रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालय विजेता बन्यो भने दोस्रो विजेता सन्त अल्फन्सस स्कूल अनि तेस्रो विजेता आदर्श उच्चतर माध्यमिक विद्यालय बन्योl प्रकाश प्रधानद्वारा व्यवस्थापन गरिएको यस प्रतियोगिताको क्विज मास्टर अनिल शर्मा थिए भने प्राविधिक व्यवस्थान डा. अम्बिका लामा, रञ्जना प्रधान र रानी थापाले गरेका थिएl आज खरसाङ ५० वर्ष पुगेको नाट्य संस्था जागृति परिवारले सडक नाटक प्रस्तुत गरेको थियोl

हाजिरी जवाब प्रतियोगिताका विजेता रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूका साथमा शिक्षिकाहरू l

About Author

Advertisement