खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिकाे पहलमा खरसाङ विधानसभा समष्टि क्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण वन बस्तीका सदयहरु लिएर खरसाङ महकुमा कार्यालयमा सम्पन्न भयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका मूल सचिव तथा आगामी चुनावको सम्भावित प्रार्थी अमर लामाकाे अध्यक्षतामा सम्पन्न भएको सभाकाे सञ्चालन महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले गरेका थिए। वन बस्तीकोे विभिन्न समस्याहरुको समाधानको निम्ति भईरहेको पहल अनि कार्यहरुकोे विस्तृत जानकारी सभामा गराइएको थियो। सभामा सभासद श्याम शेर्पाले आफ्नो सुझाव राखेका थिए। सभामा टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले उनको समष्टिमा पनि वन बस्ती पर्छ भन्दै वन बस्तीकोे समस्याहरुको सामाधान असम्भव छैन तर हामीले सांसद र विधायकले वर्तमानसम्म पनि सठीक रूपमामा केही कार्य नगरिदिएको कारण नै वन बस्तीमा बसोबास गर्ने मानिसहरूले दुःख पाईरहेको बताए। सभासद मणिप्रसाद राईले आफ्नाे वक्तव्यमा भने, हामी कागज पत्र सठीक रूपमा समाहलेर राख्ने जाति हाे र वर्तमान वन बस्तीमा देखिरहेको समस्यालाई ध्यानमा राखी भावी पिढीकाे निम्ती कागज पत्र होसियारीपूर्वक राख्न आवश्यक रहेको बताए। यसको साथै फरेष्ट भिलेजर्सहरुको समस्या समाधानकोे निम्ति अनित थापाको दिशा निर्देशमा पहल भईरहेको जानकारी गराएका छन्। सभामा मिरिक, आर आर ब्लक, खरसाङ ब्लकबाट उपस्थित भएका प्रतिनिधिहरुले पनि आ आफ्नो सुझावसंगै सभालाई सम्वोधन गरेका थिए। यस क्रममा आरआर ब्लकका कर्माध्यक्ष प्रवेश लामाले जीटीएद्वारा फरेष्ट भिलेजर्सहरुकाे समस्याकोे सामाधान निम्ति मनोनित बबिन लेप्चाले पहल गरिरहेको जानकारीसंगै ब्लकभित्रकाे समस्याहरुको विवरण सुनाए। बबिन लेप्चाले यस विषयमा कार्य गरेको लगभग 30 वर्ष भईसकेको जानकारी दिँदै वर्तमानमा जीटीएका मुख्य कार्यपालकोे नेतृत्वमा धेरै वनवासीहरुले अनुसूचित जातिकोे टाइटल पाएको जानकारी गराउँदै आभार व्यक्त गरे। अन्त्यमा आजका सभाध्यक्ष केन्द्रीय समितिको मूल सचिव अमर लामाले फरेष्ट भिलेजर्षहरुको विभिन्न समस्याहरु र यसको समाधान विषयमा वक्तव्य राखेका थिए।सभामा टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, उपाध्यक्ष संजय मुखिया पनि उपस्थित थिए।









