खरसाङ विधानसभा समष्टिमा सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा

IMG-20260409-WA0090

खरसाङ: यसपाली पहाडको तीनवटा सिटहरुमध्ये खरसाङ विधानसभा समष्टिको लागि चुनाउ निक्कै रोचक बन्दै गईरहेको छ। यसपाली खरसाङ विधानसभा समष्टिको लागि अन्त्यमा सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएका छन्। नामांकन पत्र बुझाउने अन्तिम दिन गत ६ अप्रेलसम्म ९ जना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएका थिए भने बिहीवार ९ अप्रेलको दिन आफ्नो उम्मेद्वारिता फिर्ता लिने अन्तिम दिन दुईजनाले आफ्नो उम्मेद्वारिता फिर्ता लिएपछि अब खरसाङ विधानसभा समष्टिमा सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएका छन्। सातजना उम्मेद्वारहरुमा भारतीय जनता पार्टीको तर्फबाट खरसाङ निवासी साथै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा उम्मेद्वारको रूपमा चुनाउ मैदानमा उत्रिएका छन्। त्यसरी नै पहाडको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट दार्जिलिङ निवासी एंव पार्टीको केन्द्रीय महासचिव अमर लामा चुनाउ मैदानमा उत्रिएका छन्। यसको साथै ईण्डियन नेशनल कंग्रेसको तर्फबाट खरसाङ निवासी एंव कंग्रेसका दार्जिलिङ जिल्लाको कार्यकारी सभापति सरोजकुमार खत्री चुनाउ लडिरहेका छन् भने सीपीआईएमको तर्फबाट खरसाङको तीनधारे निवासी उत्तम शर्मा चुनाउ मैदानमा उत्रिएका छन्। त्यसरी नै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले निर्दलीय उम्मेद्वारको रूपमा खरसाङ निवासी अधिवक्ता बन्दना राईलाई टिकट दिएर चुनाउ मैदानमा उतारेका छन्। यसको दुइजना निर्दलीय उम्मेद्वारहरु क्रमैले खरसाङको बरबुङ बस्ती निवासी सुमेन्द्र तामाङ श्रमजीवी पहलका तर्फबाट चुनाउ मैदानमा उत्रिएका छन् भने सिलगढीको दार्जिलिङ मोड निवासी मोहन शर्मा चुनाउ मैदानमा उत्रिएका छन्। यसपाली खरसाङ विधानसभा समष्टिको मतदाताहरुले यसो सातजना उम्मेद्वारहरुलाई हेरेर आफ्नोे मतदान दिएर खरसाङको विधायक चुन्न पर्ने देखिएको छ‌। खरसाङ विधानसभा समष्टिको विधायक बन्ने होडमा सातजना उम्मेद्वारहरुले नै विभिन्न स्थानहरुमा पुगेर आफ्नो चुनाउ प्रचार जोडतोडले गरिरहेका छन्।

About Author

Advertisement