खरसाङ वाइट अर्किड फेस्टिभल: गुड्डी उडाउने प्रतियोगिता सम्पन्न

IMG-20250127-WA0108

खरसाङ: खरसाङमा‌ आयोजना गरिएको वाइट अर्किड फेस्टिभलको तेस्रो दिन हिजो गुड्डी उडाउने प्रतियोगिता पनि सम्पन्न भयाे। खरसाङ नगरपालिकाको वार्ड नम्बर १४ मा‌ रहेको डाँडामा उक्त गुड्डी उडाउने प्रतियोगिता आयोजना गरिएको थियो। यस गुड्डी उडाउने प्रतियोगितामा धेरैले भाग लिएका थिए। यस प्रतियोगितामा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ भाइस चेयरम्यान सुवास प्रधान, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति यूवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ लगायत अन्य प्रतिनिधीहरु उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले उक्त गुडी उडाउने प्रतियोगी केवल प्रतियोगिता नभएर दिन प्रतिदिन युवाहरु अनावश्यक कार्यकलापमा लिप्त साथै जुन प्रकारले मोबाइल फोनमा ग्रसित भएर मानसिक र शारिरिक रूपले दुर्बल हुँदै गरेकाे देखिंदैछ, त्यसबाट युवावर्गलाई निकाल्ने कोशिश गरिएको बताएका छन्। उनले गुडी उदाउँदा जून प्रकारले मानसिक कसरत र दिमागी कसरत हुन्छ् त्यसले निश्चय नै युवाहरुमा लाभ हुनेछ भनी बताएका छन्।

About Author

Advertisement