खरसाङ वाइट अर्किड फेस्टिभल

IMG-20250126-WA0296

५ किलोमीटर र १० किलोमिटरको म्याराथन सम्पन्न

खरसाङ: खरसाङमा भईरहेको तीन दिवसीय वाइट अर्किड फेस्टिभलको तेस्रो दिन बिहान म्याराथनको पनि आयोजना गरिएको छ। उक्त म्याराथन दुईवटा वर्गमा छुट्टाएर आयोजना गरिएको थियो।‌ यस अन्तर्गत १० किलोमीटरको म्याराथन महानदीदेखि शुरु गरिएको थियो भने ५ किलोमीटरको म्याराथन गिद्ध पहाडस्थित भ्यु पोइन्टबाट शुरु गरिएको थियो। यस म्याराथनमा महानदीदेखि आयोजना गरिएको १० किलोमीटरको म्याराथनलाई सभासद श्याम शेर्पाले झण्डा हल्लाएर शुरुवात् गरेका थिए भने गिध्द पहाडस्थित भ्यु पोइन्टबाट शुरु गरिएको ५ किलोमीटरको म्याराथनलाई प्रेमेन्द्र गुरुङको बाहुलीबाट झण्डा हल्लाएर शुरुवात् गरिएको थियो। उक्त दुवै वर्गको म्याराथन खरसाङ वाइट अर्किड फेस्टिभलको आयोजना स्थल मन्टिभियट खेल मैदानसम्म पुगेर समापन गरिएको थियो। उक्त म्याराथन खरसाङ महकुमा खेलकूद संघको संयोजकत्वमा आयोजना गरिएको थियो। यस दुवै वर्गको म्याराथनमा‌ जम्मा‌ 398 जनाले सहभागिता जनाएका छन्।‌ यो म्याराथन प्रतियोगितामूलक नभएर तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलको एक भागको रुपमा आयोजना गरिएको म्याराथनको संयोजक तथा खरसाङ महकुमा संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्‌‌।

About Author

Advertisement