खरसाङ महकुमा अस्पतालकाे अस्थायी कर्मचारीहरूद्वारा स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित भेटघाट

IMG-20260106-WA0089

खरसाङ: खरसाङ महकुमा अस्पतालकाे अस्थायी कर्मचारीहरूद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित भेटघाट गरेका छन्। खरसाङ महकुमा अस्पतालमा कार्यरत् अस्थायी कर्मचारीहरुद्वारा अहिलेसम्म झेल्दै आईरहेको समस्या लिएर जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित उनकाे निवासकाे कार्यालयमा भेटघाट गरेर अहिलेसम्म झेल्दै गरेको समस्याहरुबारे जानकारी गराएका छन्। सभासद श्याम शेर्पाले उनीहरुकाे समस्या गम्भीरतापूर्वक सुने साथै यस विषयहरु जीटीए चिफ् समक्ष राखिदिने साथै केही दिनमा समय मिलाएर उनीहरुलाई भेट गराई दिने उनीहरुलाई आश्वासन दिएका छन् यसको साथै अस्पतालमा रहेको समस्याहरुबारे रोगी कल्याण समितिमा राखिदिने भनी पनि जानकारी गराएका छन्। उक्त विषयमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार खरसाङ अस्पतालकाे अस्थायी कर्मचारीवर्ग अस्पतालमा सम्बन्धित साथै आफैहरुले भोग्दै आईरहेकाे समस्याकाे जानकारी गराएका छन्।

उनीहरूकाे समस्या जायज रहेको र समस्याको समाधानकाे लागि जीटीए चिफसित भेटघाट गराईदिने साथै विभागमा पहल गरिदिने साथै उनीहरु आआफ्नो जिम्मेवारी निष्ठापूर्व र ईमानदारीसित निभाईदिने अनुरोध गरेका छन् भनी जानकारी प्राप्त भएको छ।

About Author

Advertisement