खरसाङ बजारको एक मन्दिरमा चोरी

IMG-20220708-WA0136.jpg

खरसाङ: खरसाङ बजारमा रहेको मन्दिरमा चोरीको घटना प्रकाशमा आएको छ। खरसाङ बजारको हाट बजारमा रहेको राम मन्दिरमा राती चोरी भएको छ। राती लगभग २ बजेतिर एकजना चोर आएर मन्दिरको गेटको ताला तोड़ेर मन्दिरभित्र प्रवेस गरेर मन्दिरमा चोरी गरेको जानकारी सीसीटिभी फुटेजमा देखिएको छ। सीसीटिभी फुटेजमा देखिएअनुसार राती २ बजेर २० मिनटतिर राम मन्दिरमा एकजना चोर पसेर चोरी गरेर भागेको देखिएको छ। खरसाङको हाट बजारमा रहेको राम मन्दिरको पुजारी पण्डित अखिलेन्द्रराज द्विवेदीले बताए अनुसार सीसीटिभी फुटेजमा देखिए अनुसार चोरले पहिला मन्दिरको गेटको ताला तोड़ेर भित्रपट्टि पसेर भित्रको ताला पनि तोड़ेर मूर्तिमा रहेको मुकुट, कानको बाली र अन्यहरू लगेको छ। पुजारी अनुसार सधैं झैं पूजाको लागि मन्दिरमा आउँदा मन्दिरको गेटको ताला तोड़िएको र भित्रको मूलद्वारको ताला पनि तोड़ेर चोरी गरेर भागेको बताएका छन्। मन्दिरमा चोरी भएको घटना विषयमा पुलिसलाई फोनमा जानकारी गराएपछि खरसाङ टाउन पुलिस आउट पोष्टको पुलिस आएर मन्दिरको सीसीटिभी फुटेज लगेर गएको र हामी खरसाङ थानामा गएर लिखित रूपमा पुलिसलाई चोरी विषयमा जानकारी गराउने पनि बताएका छन्।

About Author

Advertisement