खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा पश्चिम बंगाल सरकारको युवा साथी प्रकल्पको फारम भर्ने कार्य आज पनि सम्पन्न भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्मकाे २१ देखि ४० वर्षसम्मका युवाहरुलाका लागि शुरु गरिएको युवा साथी प्रकल्पको फारम भर्ने कार्य हिजो आईतबारदेखि शुरू भएको थियो। पहिलो दिन ७० जनाले फारम लगेको र ३६ जनाले फारम बुझाएको जानकारी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्। दोस्रो दिन पनि खरसाङ नगरपालिका क्षेत्रको लागि फारम भर्ने कार्य सम्पन्न गरिएको छ। दोस्रो दिन यस युवा साथी प्रकल्पको फारम भर्ने क्याम्पको खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, एई गोबिन अधिकारी, बिशाल सुनवार र कार्यकारी अधिकारी लगायत अन्यहरुले निरीक्षण गरेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा राज्यको २१ देखि ४० वर्षसम्मका युवाहरुका लागि युवा साथी प्रकल्पको फारम भर्ने कार्य जारी रहेको बताएका छन्। उनले यसको साथै लक्ष्मी भण्डारको सहुलियत नपाउने युवतीहरुले पनि युवा साथी प्रकल्पको फारम भर्ने सक्ने जानकारी गराएका छन्।









