खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १२ र १५ मा भागोप्रमोकोे बुथ कमिटी गठन

IMG-20260322-WA0057

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकाे पहलमा आगामी विधानसभा चुनावकाे निम्ति बुथ कमिटी गठन गर्न हेतु खरसाङ नगरपालिकालो वार्ड नम्बर १२ अनि वार्ड नम्बर १५ चुनावी सभा साथै बुथ स्तरीय कमिटी गठन गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सभा वरिष्ठ सदस्य हिरेन त्रिखत्रीकोे अध्यक्षतामा सभा सम्पन्न भएकोे छ। सभालाई सञ्चालन वार्ड नम्बर १२ नारी शक्ति सदस्य पुनम प्रधानले सञ्चालन गरेकी थिइन्। सभामा वक्तव्य दिने क्रममा क्रमशः खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, १५ नम्बर वार्डका सदस्य राजु सेवा, महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ्ग, टाउन कमिटी अध्यक्ष राजु शर्मा, टाउन कमिटी नारी शक्तिका नव नियुक्त कार्यकारीणी सदस्य सितल रसाइली आदिले वक्तव्य राखेका थिए। सभामा आगामी चुनावकाे निम्ति वार्ड नम्बर १२ को निम्ति संयोजक श्याम प्रधान, सह संयोजकद्वय धनकुमार सार्की, संजय प्रधान , सल्ललाहकार संगीता सार्की, सन्दीप योल्मो, यानकी लामा, सुजाता छेत्री, पुरण प्रधान, हिरेन त्रिखत्री , लाक्पा योल्मो, शैलेन्द्र प्रधानसँगै ११ जनाको कार्यकारीणी सदस्यहरु लिएर बुथ कमिटी गठन गरियो। वार्ड नम्बर १५ कोे निम्ति संयोजक राजु सेवा, सह संयोजक मोहम्मद चांद, सल्लाहकार उत्तम प्रधान, मोहम्मद अख़्तर अंसारी, कोषाध्यक्षा कल्पना सेवा, सह कोषाध्यक्षा राधा बर्मनसँगै वार्डका सम्पूर्ण सदस्य लिएर बुथ कमिटी गठन गरियो। सभामा सभाध्यक्ष हिरेन त्रिखत्रीले आफ्नो सम्भाषण राखेका थिए।

सभामा खरसाङ टाउन कमिटीका उपाध्यक्षद्वय संजय मुखिया, रंजन गजमेर, सह सचिव रमोद गुरुङ, कोषाध्यक्ष राजेन प्रधान, सह प्रचार प्रसार सचिव रवि ताेलंगी, खरसाङ टाउन कमिटी नारी शक्तिका सह सचिव सरिता मुखिया, सांगठनिक सचिव सँगिता थापा, २८ नम्बर चिम्नी देउराली समष्टि नारी शक्ति अध्यक्ष सुष्मा मुखिया, टाउन कमिटी युवा शक्ति प्रवक्ता एल्जिन ब्राह्मण, सह सचिव दिपेन राई लगायत अन्यहरु‌ उपस्थित रहेका थिए।

About Author

Advertisement