खरसाङ नगरपालिकाद्वारा अवैध पार्किङ गरिएको बाइक स्कुटीहरू पनि हटाउने

IMG-20240827-WA0220

खरसाङ: खरसाङ नगरपालिकाले शहरका अवैध दोकानहरू हटाउने कार्य गरेपछि अब शहरका गल्ली गलछेडीतिर राखिएका मोटर साइकल तथा स्कुटीहरू हटाउने कार्य गरेको छ। अबउसो प्रशासनद्वारा तोकिएको स्थानबाहेक शहरभित्रका कुनै पनि स्थानमा बाइक अनि स्कुटीहरू राख्न नपाइने निर्देश खरसाङ नगरपालिकाले जारी गरेको छ। यस सन्दर्भमा खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानले जानकारी दिँदै जनताको असुविधालाई ध्यानमा राखेर जसरी अवैध दोकानहरू हटाउने कार्य गरियो त्यसरी नै अब शहरका गल्लीतिर राखिएका स्कुटी अनि बाइकहरू हटाउने कार्य गरिने जनाएका छन्। उनले कानून सबैको निम्ति एउटै हो भन्दै शहरभित्रका गल्लीहरूमा राखिएका बाइक अनि स्कुटीहरूले जनतालाई हिँडडुल गर्न असुविधा भएकै कारण खरसाङ नगरपालिका अनि पुलिस प्रशासनको संयुक्त पहलमा यस प्रकारको पदक्षेप लिएको जनाएका छन्।

About Author

Advertisement