खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि २० नम्बरसम्मकोे २७ वटा बुथहरुलाई लिएर भागोप्रमोको चुनावी सभा

IMG-20260330-WA0096

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १ देखि वार्ड नम्बर २० सम्मकोे २७ वटा बुथहरुलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। खरसाङ महकुमा कार्यालयमा सम्पन्न सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोनकोे अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले गरेका थिए। उनले सभामा उपस्थित नेतृत्त्वगणसँग परिचय साट्दै सभाकोे विषयमा जानकारी गराउँदै यसरी सम्पूर्ण वार्डमा बुथ कमिटी गठन भएकाेमा सबैलाई बधाई दिए। सभामा वक्तव्य राख्ने क्रममा खरसाङ महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले आफ्नो वक्तव्यमा नगरपालिका अधीनस्थ घर घरमा हाम्रो कसिंगर उठाउनेहरूलाई संगै लिएर हिड्ने आग्रहसंगै वर्तमान चुनावकोे निम्ति बनिएको कमिटीलाई चुनावसम्म मात्र नराखी चुनाव पश्चात पनि यथावत राखी नगरपालिकाभित्र रहेको अव्यवस्थित रहेकोलाई व्यवस्थित बनाउने र मिलेर ठीक बनाउने कार्य गराउनुपर्छ भन्दै एसआईआरमा खरसाङ नगरपालिका अन्तर्गत पर्ने २० वटा वार्डबाटट ४६६ जनाकाे नाम काटिएको जानकारी गराइन्। उनले भनिन् ‘हाम्रो केन्द्रीय अध्यक्षकोे कुशल नेतृत्वमा कसैलाई नछुट्याई कन कार्य गर्नू हुन्छ। हामीले हाम्रो यस्तो असल नेतृत्वलाई गुमाउन हुँदैन भन्दै यसपालीको विधानसभा चुनावमा अमर लामालाई भारी मत भोट दिएर बिजय तुल्याई दिन अपिल गरिन्। सभामा बीरबल पाख्रिनले २७ वटा बुथकै संयोजकहरुसँग सबैकोे परिचय गराउँदै वार्ड नम्बर ५ का भास्कर थापा सलाहकार वार्ड नम्बर १६ का राजेन् छेत्री अनि मुन्ना गुरूङलाई कार्यकारीणी सदस्यलाई टाउन कमिटीमा नियुक्त गरिएको जानकारी दिँदै प्रमाण पत्र पठन गरेर सुनाए भने उपस्थित नेतृत्त्वकोे बाहुलीबाट खदा लगाई नियूक्ति पत्र प्रदान गरे। सभामा वक्तव्य दिने क्रममा टाउन कमिटी नारी शक्तिका कार्यकारीणी सदस्य शीतल रसाईलीले आफ्नो वक्तव्यमा हामीले निश्चित रूपमा भोट जित्नेछौं। तर हामी खरसाङका जनताले हाम्रो केन्द्रीय अध्यक्ष तथा जीटीए प्रमुख खरसाङबाट भएको हुनाले जित्नु मात्रै होइन तर भारी मतले जिताउनु पर्छ भन्दै भोट अपिल गरे। सभाध्यक्ष तथा मुख्य वक्ता समीरदीप ब्लोनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पहाड़कोे सबैभन्दा ठूलो पार्टि हो र हामीले भारतीय निर्वाचन आयोगले जारी गरेकाे दिशानिर्देशलाई पालन गर्नुपर्छ भन्दै पार्टीद्वारा जारी गरिएको निर्देशकोे जानकारी दिए। उनले भारतीय गोर्खा प्रजातन्त्रिक सेकुलर पार्टी हाे सबैलाई अंगालेर कार्य गर्छ र आगामी 1 अप्रेलमा खरसाङ निवार्चन क्षेत्रका उम्मेद्वार अमर लामाकोे नोमिनेशन भर्ने दिनमा खरसाङका सम्पूर्ण जात गोष्ठीलाई उपस्थित भईदिने आग्रह गरे। उनले खरसाङ टाउन कमिटीकोे प्रशंसा गर्दै केन्द्रीय अध्यक्ष अनित थापाले दिएकाे सम्पूर्ण जिम्मेवारी पार्टीप्रति निस्वार्थ निभाएका छन् र यो चुनाव अवधि सबैले सतर्क रहेर इमानदारीसँग आफ्नो सांगठनिक जिम्मेदारीकोे निर्वाह गरिदिने सुझाव दिदै प्रत्येक भोटकोे महत्त्व बुझ्ने अनि सबैलाई बुझाउने कार्य गरिदिने पनि निवेदन गरे। सभामा खरसाङ महकुमा समिति का उपाध्यक्ष संकर रावत, सांगठनिक सचिव लाक्पा दोर्जे लामा, 28 नम्बर समष्टि नारी शक्ति अध्यक्ष सुषमा मुखिया, खरसाङ टाउन कमिटीका उपाध्यक्ष क्रमश संतोष परी, संजय मुखिया रंजन गजमेर, सह सचिव रमोद गुरुङ, विकाश तामाङ सांगठनिक सचिव मैत्र सेन शर्मा, सन्नी तामाङ, विषण तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement