खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बत १३ को बूथ नम्बर १९५ अनि १९६ काे निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे बुथ कमिटी गठन गरिएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रूय अध्यक्ष अनित थापाकाे निर्देशलाई अघि बढाउँदै भागोप्रमो खरसाङ टाउन कमिटीकाे पहलमा अमृत २.० परियोजनालाई सुचारु रूपमा देखरेख गर्न पानी निरीक्षण कमिटी साथै आगामी विधानसभा चुनावकाे निम्ति बुथ कमिटी गठन गर्न हेतु खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर १३ काे भागोप्रमो खरसाङ महकुमा कार्यालयमा सभा सम्पन्न भयो। टाउन कमिटीका वरिष्ठ सदस्य शाम शूल हकको अध्यक्षतामा सम्पन्न भएकोे सभालाई खरसाङ महकुमा समिति सदस्य फिरोज ख़ानले सञ्चालन गरेका थिए।सभामा वक्तव्य राख्ने क्रममा क्रमशः खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोन, खरसाङ महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ्ग, टाउन कमिटी नारी शक्ति अध्यक्ष देवकी प्रधान सुब्बा अनि टाउन कमिटीका सांगठनिक सचिव मैत्र सेन शर्माले वक्तव्य राखेका थिए। सभामा वार्ड नम्बर तेह्र को दुईवटा बुथकाे निम्ति बुथ नम्बर १९५ कोे निम्ति संयोजक शाम शूल हकसंगै १३ जना सदस्य अनि बुथ नम्बर १९६ कोे निम्ति संयोजक सरस्वती गिरीसंगै ११ जना लिएर बुथ कमिटी गठन गरिएको छ। सभामा सभाध्यक्षले आफ्नो सम्भाषणसँगै सभा समाप्तिकाे घोषणा गरे। सभामा उपाध्यक्ष संजय मुखिया, सह प्रचार प्रसार सचिव रवि ताेलंगी, २८ नं चिम्नी देउराली समष्टि नारी शक्ति अध्यक्ष सुषमा मुखिया खरसांग उपाध्यक्ष नीतू गुरूंग,सह सचिव डिंपल लामा कार्यकारिणी सदस्य शर्मिला गुरूङ उपस्थित थिए।









