खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको पदाधिकारीहरुको उपस्थितिमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत मजुवामा बुथ कमिटी गठन गरिएको छ। उक्त बुथ कमिटी गठनको लागि प्रदीप प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई विशेष रुपमा उपस्थित रहेका थिए। सभामा मजुवामा क्षेत्रमा गोजमुमोलाई सशक्त बनाएर लानको लागि बुथ कमिटीमा अन्य सदस्यहरु थपेर पूर्णाङ्क कमिटी गठन गरिने भएको छ। सभामा मजुवा बुथ कमिटीको लागि राजीव गोलेलाई सर्वसम्मतिद्वारा संयोजक चयन गरिएको छ। उनीसितै अन्य बीसजनालाई लिएर बुथ कमिटी गठन गरिएको छ। अब भविष्यमा उनकै अगुवाईमा मजुवामा बुथ कमिटी गठन गरिने भएको छ। यस मजुवा बुथ कमिटीलाई गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईले स्वीकृति दिएको पनि जनाइएको छ।









