खरसाङ गिध्द पहाड समष्टिको नयाँ बस्तीमा बुथ स्तरीय चुनाव कमिटी गठन

IMG-20260318-WA0099

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ गिद्धपहाड २९ नम्बर समष्टि अन्तर्गत गिद्ध पहाड ब्लक अधीनस्थ नयाँ बस्ती गाउँ बुथ नम्बर २७२ मा आगामी चुनावलाई लिएर भागाेप्रमो शाखाको सभा भिमदल लामाको सभापतित्वमा सम्पन्न भएको छ। सभामा नयाँ बस्ती गाउँका अभिभावक, नारी अनि युवा शक्तिका प्रतिनिधिहरू लगायत ग्रामवासीहरुको उपस्थिति थियो। सभामा समष्टि अध्यक्ष प्रेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ, ब्लक कमिटी अध्यक्ष आशिष क्षेत्री, सचिव समीर लामा, युवा शक्ति ब्लक अध्यक्ष योगेन तामाङ, नारी शक्ति ब्लक अध्यक्षा झुमा राई, सचिव मनिका क्षेत्री, महकुमा नारी शक्ति सदस्य सबिता क्षेत्रीको विशेष रूपले उपस्थिति थियो। सभालाई विनय वाइबाले सञ्चालन गरेका थिए भने चुनावमा बुथ कमिटी गठन गर्न किन आवश्यक छ भनी उपस्थित प्रतिनिधिहरूले विस्तृत रुपमा जानकारी गराएका‌ थिए। सभामा चुनावको लागि बुथ स्तरीय कमिटी गठन गरियो जसमा संयोजक विनय वाइबा, सभापति गगन तामाङ, सचिव सुचिता तामाङ लगायत ३० जनाको बुथ कमिटी गठन गरियो।

About Author

Advertisement