खरसाङ: २९ नम्बर खरसाङ गिद्द पहाड समष्टिको अप्पर चन्दु बस्तीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शाखा कमिटी गठन गरिएको छ। यसको लागि अप्पर चन्दु बस्तीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा विष्णुकुमार भट्टराईको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा समष्टि सभापति प्रेमेन्द्र गुरूङको विशेष उपस्थिति रहेको थियो। यसै सभामा भागोप्रमो अप्पर चन्दु बस्ती शाखा कमिटीलाई विघटन गरी नयाँ शाखा कमिटी गठन गरिएको छ। उक्त नयाँ शाखा कमिटीमा सभापति कमल छेत्री, उप सभापति सञ्जय तामाङ, सचिव प्रणय तामाङ, सह सचिव मनप्रसाद थामी र सरोज छेत्री, कोषाध्यक्ष सन्तोष छेत्री, सल्लाहकार गोपी थामी र धनबहादुर थापा लगायत ४ जना कार्यकारी सदस्यहरु पनि चयन गरिएको छ। यसै सभामा अप्पर चन्दु बस्ती नारी शक्तिको शाखा कमिटी पनि गठन गरिएको छ। यस कमिटीमा सभापति समिता राई, उप सभापति रेजिना राई, सचिव रेबिना छेत्री, सह सचिव मन्दिरा शर्मा र ममता तामाङ, कोषाध्यक्षा प्रतिमा तामाङ र प्रजिला तामाङ लगायत ७ जना सल्लाहकारहरु चयन भएका छन्।











