खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै ग्राम पञ्चायतहरुमा नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य

IMG-20250423-WA0240

खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै १४ वटै ग्राम पञ्चायतहरुमा नेपाली भाषामा नै बोर्डहरु लेख्ने कार्य गरिएको छ‌।‌ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले नेपाली भाषा अनिवार्य प्रयोगलाई लिएर अधिसूचना जारी गरेपछि खरसाङ खण्ड पञ्चायत समितिले पनि सर्वप्रथम नै आफ्नो खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै स्थानहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोगको लागि अधिसूचना निकालेका थिए।‌ अहिले आएर खरसाङ खण्ड पञ्चायत समितिको कार्यालय, खण्ड विकास कार्यालय लगायत १३ वटै ग्राम पञ्चायत कार्यालयहरु सबैमा‌ नै नेपाली भाषामा नै बोर्डहरु लेख्ने कार्य सम्पन्न गरिएको खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले जानकारी गराएकी छन्। उनले यस विषयमा विषयमा बोल्दै भनिन् ,’जीटीएले नेपाली भाषा अनिवार्य रुपमा प्रयोगलाई लिएर अधिसूचना जारी गरेपछि खरसाङ खण्ड पञ्चायत समितिले‌ पनि प्रथममा नेै आफ्नो क्षेत्रमा नेपाली भाषा अनिवार्य प्रयोगलाई लिएर अधिसूचना जारी गरेको थियो। खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत छवटा समष्टिहरु पर्छन् जसमा १४ वटा ग्राम पञ्चायतहरु छन्। ती सबैमा पर्ने स्थानहरुमा रहेको होम स्टे, निजी र सरकारी विद्यालयहरु, व्यापारिक प्रतिष्ठानहरु, कार्यालयहरु लगायत सबैमा नेपाली भाषामा साइन बोर्डहरु अनिवार्य लगाउनु पर्ने विषयमा निवेदन गरेका छौँ र त्यो कार्य पनि विस्तारै पूरा हुँदै गईरहेको छ।’


उनले नेपाली भाषा अनिवार्य प्रयोगको महत्व विषयमस बोल्दै भनिन् -‘भाषा हाम्रो प्राण हो। भाषा भनेको हाम्रो संस्कृति पनि हो। नेपाली भाषाले मान्यता पाएको हो।‌ तर अहिले सबैले नेपाली भाषा बिर्सिसकेको छ। त्यसैले नेपाली भाषाको प्रयोग अनिवार्य रुपमा गरेर भाषाको संरक्षण अनि सम्बर्ध्दन गर्न कदम चालिएको छ।‌ यो विस्तारै पूरा हुँदै जानेछन्।‌’
उनले अघि भनिन् ‘भाषा छ र नै हामी छौं। भाषा छ नै जाति छ।‌ भाषा बाँचे जाति बाँच्छ भन्ने उद्देश्यका साथमा नेपाली भाषा अनिवार्य प्रयोगलाई लिएर कार्य थालिएको र अहिले यो कार्य राम्रो भईरहेको छ‌‌।‌’


खरसाङ खण्ड पञ्चायत समितिको‌ सभापति अनु छेत्री प्रधानले सबैलाई नेपाली भाषा अनिवार्य प्रयोगको लागि निवेदन पनि गरेका छन्।

About Author

Advertisement