खरसाङ खण्डको पाण्डु ग्राम पञ्चायतबाट पञ्चायत समितिको सिटमा भगोप्रमो प्रार्थी भक्तिमान तामाङको जीत

IMG-20230712-WA0254.jpg

खरसाङ : खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी भक्तिमान तामाङले पञ्चायत समितिको रूपमा जीत हाँसिल गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ क्षेत्रका हेभीवेट नेताहरूमा एक मानिने भक्तिमान तामाङले पाण्डु ग्राम पञ्चायतको बुथ नम्बर २१३ मन्टिभियट, बुथ नम्बर २१४ स्प्रिङ साइड र करबिया अनि बुथ नम्बर २१५ पाँच घरे अम्बटेबाट भारतीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टिकटमा पञ्चायत समितिको सिटमा चुनाव लड़ेका थिए। उनले आफ्नो निकटत्तम प्रतिद्वान्दी भारतीय जनता पार्टी र तृणमूल कंग्रेसको प्रार्थीहरूलाई जितेका थिए। भक्तिमान तामाङले मन्टिभियट क्षेत्रबाट हारको सामना गर्नु परे पनि स्प्रिङ साइड र करबिया अनि पाँच घरे अम्बटेबाट भने जितेका थिए। उनी ५६ भोटले बिजय बनेका छन्। भक्तिमान तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ क्षेत्रका हेभीवेट नेताहरूमा एक मानिन्छ। उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ गिध्द पहाड़ समष्टिको सचिव अनि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको पनि सचिव हुन्। उनले आफ्नो जीतप्रति पत्रकारहरूसित कुराकानी गर्दै यो जीतको श्रेय सम्पूर्ण जनतालाई र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूलाई जाने बताएका छन्। उनले आफुले मन्टिभियटमा पार्टीको वर्चस्व कम रहेकोले मन्टिभियट चियाबारीबाट हारे पनि दुईवटा बुथहरुबाट जीत हाँसिल गरेको बताएका छन्। भक्तिमान तामाङले पञ्चायत समितिको सभापति अनु प्रधानलाई बनाइएको विषयमा बोल्दै पार्टीले जे निर्णय गर्छ हामी सहमत हुनेछौं अनि अरू पदहरूमा पनि पार्टीले जे निर्णय लिन्छ हामी स्वागत गर्छौं भनी बताएका छन्। तामाङले आफ्नो ग्राम पञ्चायतमा पञ्चायत सदस्यहरूलाई एकजना मार्ग दर्शकको रूपमा कार्य गर्ने बताएका छन्।

About Author

Advertisement