खरसाङ क्षेत्रमा १०३५ जनाले दिए पहलो दिनको उच्च माध्यमिक परीक्षा

IMG-20240216-WA0183.jpg

खरसाङ: पहाड़मा आजदेखि शुरु भएको उच्च माध्यमिक परीक्षा अन्तर्गत खरसाङमा यसपाली विभिन्न विषयहरूमा जम्मा १०५१ जनाले परीक्षा दिईरहेका छन्। त्यसमा बालकहरू ४७७ जना र बालिकाहरू जम्मा ५७४ जना रहेका छन्। यसपाली खरसाङमा पुष्परानी, आदर्श, सन्त अल्फसेस, सन्त जोसेफ, रामकृष्ण र स्कट मिशनमा उच्च माध्यमिक परीक्षाको सेन्टर रहेका छन्। यस अन्तर्गत आज पहिलो दिन नेपाली, हिन्दी, बंगला र अंग्रेजी भाषा विषयको परीक्षामा जम्मा १०३५ जनाले परीक्षा दिएका छन्। यसमा बालकहरूमा नियमित ४६१ जना, सीसी २ जना एसपीसी ५ जना गरी जम्मा ४६८ जनासामेल छन् भने नियमित ४ जना अनि सीसी र एसपीसी १-१ जना अनुपस्थित रहेका छन्। त्यसरी बालिकाहरूमा नियमित ५५१ र सीसी १७ जना गरी जम्मा ५६७ जना छन् जसमा नियमित र सीसी १-१ जना अनुपस्थित रहेको खरसाङको स्कूल सह निरीक्षक रोशनी सार्कीले जानकारी दिएका छन्। उनले बताए अनुसार यसपाली खरसाङ क्षेत्रमा उच्च माध्यमिक परीक्षा दिने विद्यार्थीहरू जम्मा १०५१ जना रहेका छन्।

About Author

Advertisement