खरसाङ कलेजका सहायक प्राध्यापक डा. शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा विश्वमा उत्कृष्ट स्थान प्राप्त

IMG-20250724-WA0097

खरसाङ: खरसाङ कलेजका सहायक प्राध्यापक डा शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा दिएको विशेष योगदानको लागि विश्वमा उत्कृष्ट स्थान प्राप्त भएको छ। खरसाङ कलेजका सहायक प्राध्यापक एंव सिलगढिका युवा वैज्ञानिक डा शंकर प्रसाद शाहलाई उनको खाद्य सूक्ष्म जीव विज्ञानमा उत्कृष्ट योगदानको वर्ष २०२४-२५ को वैज्ञानिकहरुको सूचीमा शीर्ष स्थान प्राप्त भएको छ। विश्वको ३ करोड विद्वानहरुमा शीर्ष ०.५ प्रतिशत उच्च श्रेणीवध्द वैज्ञानिकको रुपमा मान्यता दिइएको छ। खाद्य सूक्ष्म जीव विज्ञान एवं ढाँचा गरिएको खानामा उत्कृष्ट शोध कार्यको लागि उनलाई विश्वको ०.५ प्रतिशत उच्च श्रेणीको वैज्ञानिकहरुको श्रेणीमा राखिएको छ। उल्लेखनीय छ डा. शंकर प्रसाद शाहलले विगत १० वर्षमा खाद्य सूक्ष्म जीव विज्ञान र ढाँचा गरिएको खानामा स्वास्थ्य फाइदाहरुका लागि धेरै शोध कार्यहरु उत्कृष्ट योगदान दिएका छन्। उनको शोध कार्यलाई वैश्विक रुपमा मान्यता प्राप्त भएको छ। उनले अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लगभग ४० वटा जति शोध पत्रहरु प्रकाशित छन्। यसको अतिरिक्त उनीद्वारा लिखित ७ राष्ट्रिय एंव अन्तर्राष्ट्रिय पुस्तकहरु विज्ञान जगतमा धेरै लाभदायक सिध्द भएको छ। उनको शोध कार्य र पुस्तकहरु विश्वको ख्यातिप्राप्त र प्रतिष्ठित प्रकाशन कम्पनीहरुद्वारा प्रकाशित छन्। वैश्विक मान्यता एंव शोध योगदानको लागि डा. शंकर प्रसाद शाहलाई यो सम्मान प्राप्त भएको छ। उनको यस उपलब्धिले उनलाई भारतीय विज्ञान र शोध क्षेत्रमा एक महत्वपूर्ण परिचय स्थापित गरेको छ‌। उनी जापानको जीव विज्ञान एवं भारतीय सूक्ष्म विज्ञान संस्थाको आजीवन सदस्य हुन्। उनले विश्वको उच्च श्रेणीको वैज्ञानिकहरुको श्रेणीमा आफुलाई सामेल गराएर खुशी व्यक्त गरेका छन्। उनको यो कार्यले समाजलाई लाभ पुर्याउन संकल्पित रहेको पनि बताएका छन्‌।

About Author

Advertisement