खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनद्वारा पर्यटकीय स्थलको सर सफाई

IMG-20250323-WA0236

खरसाङ: खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको टिमले आज खरसाङकाे पर्यटकीय स्थल हनुमान डाँडा क्षेत्रको सर सफाई गरेका छन्। उक्त संस्थाले खरसाङ क्षेत्रलाई सफा र स्वच्छ राख्ने पहल गर्दै सर सफाई गरेका छन्।‌ यस अवसरमा हनुमान डाँडा र वरिपरिका स्थानहरु साथै आई लभ खरसाङ लेखेको बोर्ड वरिपरि पनि सर सफाई गरेका छन्। उक्त सफाई कार्य अन्तर्गत वरिपरिका सबै मैलाहरु संकलन गरेर भेला पारेर सर सफाई गरेका थिए। उक्त सर सफाई कार्यमा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सदस्यहरुले सहभागिता जनाएका थिए। यस अवसरमा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सदस्यहरुले खरसाङवासी साथै सम्पूर्ण सामाजिक संस्थाहरू र गैर सरकारी संस्थाहरुलाई खरसाङको पर्यटकीय स्थलहरू सर सफाई र संरक्षणको आह्वान् गरेका छन्।

यसको साथै यहाँ घुम्न आउने पर्यटकहरुलाई पनि मैला नगरिदिने अनुरोध गरेका छन्।

About Author

Advertisement