खरसाङमा ८औं अन्तर डोजो कराते च्याम्पियनशीप २०२६ सम्पन्न

IMG-20260316-WA0080

खरसाङ: ८औं अन्तर डोजो कराते च्याम्पियनशीप २०२६ खरसाङको सुपर मार्केट कम्युनिटी हलमा आयोजना गरिएको छ। यसमा सोनादा, सिपाहीधुरा, सिंगेल, खरसाङ, रोहिणी, सुकना र सिक्किमका सहभागीहरूले भाग लिएका छन्। यो च्याम्पियनशीप खरसाङका सेइशिंकाई शितो-र्यु कराते डोद्वारा आयोजना गरिएको थियो जसलाई मार्शल आर्ट एण्ड फिटनेस एकाडेमी माफाद्वारा प्रायोजित गरिएको थियो। एकाडेमीले प्रत्येक वर्ष मार्च महिनामा यो कार्यक्रम आयोजना गर्दछ जसमा विद्यार्थीहरूलाई उनीहरूको उपलब्धिको आधारमा विभिन्न च्याम्पियनशीपमा भाग लिन छनोट गरिन्छ। यस वर्ष युवाहरूको श्रेणीमा ‘बेस्ट फाईटर’ रोहिणी शाखाका सुबियन दियाली र युवतीहरुका श्रेणीमा रितिका दियालीलाई पुरस्कृत गरिएको थियो।
युवाहरू तर्फको ‘बेस्ट टिम काटा’ खरसाङ शाखाका प्रयाण सुब्बा, इशान्त प्रधान र अगस्त्य छेत्रीलाई प्रदान गरिएको थियो भने युवतीहरू तर्फको ‘बेस्ट टिम काटा’ सिंगेल शाखाका शिएस्ता लामा, श्रेया थापा र आरुषि छेत्रीलाई प्रदान गरिएको थियो।

बेस्ट फाइटरहरूमा प्रत्येकले दुई हजार रुपियाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरे र बेस्ट टिम काटा विजेताले प्रत्येकले तीन हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरे। टिम च्याम्पियन पुरस्कार खरसाङ शाखालाई प्रदान गरिएको थियो र उपविजेता सोनादा शाखा थिए।च्याम्पियनशि्ीप राष्ट्रिय रेफ्री र जर्ज र राष्ट्रिय प्रशिक्षक सेन्सी सुशील छेत्रीको मार्गदर्शनमा आयोजना गरिएको थियो।

About Author

Advertisement