खरसाङ: खरसाङमा भारतीय जनता पार्टीको जनसभा अनि बलिवुड अभिनेता तथा भारतीय जनता पार्टीको शीर्ष नेता मिथुन चक्रवर्तीको कार्यक्रम रध्द गरिएको छ। यस विषयमा आज खरसाङमा पत्रकार सम्मेलन गरेर भारतीय जनता पार्टीको तर्फबाट उक्त जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले भने, खरसाङको जनसभा हालका लागि रद्द गरिएको छ। यसको कारण रोजगार (श्रम) मन्त्री मनसुख मांडवियाजीको सिलिगुडी आगमन तथा नयाँ श्रम संहिता (लेबर कोड बिल) जुन जनवरीदेखि लागू भएको छ, सोहि विषयमा दार्जिलिङ बीजेपी नेतृत्वसँग हुन लागेको महत्वपूर्ण बैठक हो। शीघ्रै नै खरसाङमा ठूलो जनसभा आयोजना गर्ने हाम्रो योजना रहेको छ। सबैलाई जानकारी गराइन्छ। उक्त पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद र जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद पनि उपस्थित रहेका थिए।










