खरसाङमा हिल्स फुटबल एकाडमीद्वारा विन्टर फुटबल कोचिङ क्याम्प शूरू

IMG-20260122-WA0090

खरसाङ: खरसाङको मन्टिभियट खेल मैदानमा खरसाङको प्रतिष्ठित हिल्स फुटबल एकाडमीले विन्टर फुटबल कोचिङ क्याम्प शूरू गरेको छ। यस विन्टर कोचिङ क्याम्पमा विशेष इंग्ल्याण्डबाट आईएएफएफ लाइसेन्स रहेको कोच मिस्टर रिचार्ड उपस्थित भएर नानीहरुलाई फुटबल कोचिङ गराइरहेका छन्। यस विन्टर फुटबल कोचिङ क्याम्पमा पचासजनाभन्दा बेसी नानीहरूलाई फुटबल कोचिङ दिरहेको छ। यो कोचिङ क्याम्प आगामी १५ दिनसम्म चल्ने भनी हिलस फुटबल एकाडमीको प्रमुख प्रशिक्षक एवं निर्देशक नगेन तामाङले जानकारी गराएका छन्। उनले बताए अनुसार अनुसार वर्तमान समयमा हाम्रो नानीहरू, युवाहरूलाई कुलत एवं नराम्रो संगत र अन्य थुप्रै नराम्रो कार्यदेखि बचाउन एवं यी सब कुरादेखि टाडो राख्नु साथै हाम्रो प्रतिभाहरूलाई एउटा असल मञ्च प्रदान गर्ने उद्देश्य लिएर विगत २०-२१ देखि यो फुटबल एकाडमी सञ्चालन गर्दै आएको हो। यस विन्टर फुटबल कोचिङ क्याम्पमा अतिथिहरूमा खरसाङ महकुमा खेल कुद संघको अध्यक्ष मोहन योञ्जन, समाजसेवी टीटी लामा साथै अङगत थापा अनि नानीहरूको अभिभावकहरूको उपस्थितिमा सम्पन्न गरियो। प्रथममा हिल्स फुटबल एकादमीको पक्षबाट आजको कोच रिचर्डलाई खदा लगाएर सम्मान एवं स्वागत जनाइयो।

About Author

Advertisement