खरसाङमा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको १३३ औं जन्म जयन्ती पालन

aecd33bf-37ca-4ab6-b7a7-a14e91ad9b11

खरसाङ: खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको १३३ औं जन्म जयन्ती पालन गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङ र प्रतिमानसिंह लामा सालिग निर्माण समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमले गरेका थिए भने मुख्य अतिथिको रूपमा खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान एंव पुस्तकालयको पूर्व अध्यक्ष रबीनकुमार प्रधान उपस्थित थिए। पुस्तकालयको सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको जीवनी र योगदान विषयमा आशा मुखिया लामाले वक्तव्य राखेका थिइन् भने स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको परिवारबाट नाति जितेन्द्र लामाले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको परिवारबाट मिलिमा तामाङ अनि खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरू विनोदप्रकाश शर्मा, जीबी बल, तिलक शर्मा लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रम विषयमा गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ निरुपमले पत्रकारहरूसित कुराकानी गर्दै प्रतिमानसिंह लामाले खरसाङबाट नै देशको स्वाधीनता आन्दोलनमा सहभागी बनेको बताउँदै उनी एक स्वाधीनता सेनानीबाहेक पनि सिध्द हस्त लेखक, समासजसेवी, उपन्यासकार, पत्रकार, जातीय सचेतक पनि थिए भनी बताएका छन् । उनले सन् २०१९ मा खरसाङ नगरपालिकाद्वारा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको सालिग निर्माण गरेर हामीले विगत तीन सालदेखि लगातार रूपमा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको जन्म जयन्ती पालन गर्दै आईरहेको बताए।

About Author

Advertisement