हामीले दार्जिलिङ पहाडलाई अझ बलियो स्वायत्तता प्रदानको मांग गरिरहेछौं: उत्तम शर्मा
खरसाङ: सीपीआईएमले खरसाङ विधानसभा समष्टिको लागि उम्मेद्वार उत्तम शर्माको पक्षमा बिहीवार खरसाङमा चुनाउ कार्यालय उदघाटन गरेका छन्। खरसाङको पंखाबारी रोड नजिक चुनावी कार्यालयको उद्घाटन गरेको छ। उक्त चुनाउ कार्यालय उदघाटनपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ विधानसभा समष्टिको लागि सीपीआईएमको उम्मेद्वार उत्तम शर्माले खरसाङमा उद्घाटन गरिएको कार्यालयबाट चुनावको निम्ति पार्टीको कार्यहरू गरिने बताए। उनले भने, बंगालमा वर्तमानमा अराजकता बढेको छ। यहाँ एउटा पक्षद्वारा लुटको राजनीति चलिरहेको छ भने अर्कोतर्फ नफरत अनि अविश्वास फैलाउने एक अर्कालाई बाड्ने राजनीति चलिरहेको छ। यहाँ आम जनताको गोजी रित्तो भइरहेको छ भने सत्तारुढ दलका नेतृत्वहरू फल-फूल संगै फस्टाई रहेको छन्। अर्थात् यस्तो परिस्थितिमा तिनीहरूले उभिएको छन्। माकपा चाहन्छ कि यहाँ श्रमिक अनि किसानले न्याय पाउँछ , महिलाहरूले सम्मान पाओस्।’
उनले अघि भने, दार्जीलिङ पहाडी क्षेत्रमा दुई राजनीतिक दलले मानिसहरूलाई दखल गरिरहेको छन्। एउटा दलले पहाड़को मानिसहरूलाई केवल झुठो आश्वासन दिने कार्य गरिरहेको छन् भने अर्को दलले लठ्ठी देखाएर राजनीति गरिरहेको छन्। यस्तो परिस्थितिमा व्यापक भ्रष्टचार अनि लुट भइरहेको छ भने झूटो आश्वासन दिएर जन मानसलाई ठग्ने अनि भ्रमित बनाउने कार्य भइरहेको छ।
माकपा प्रार्थी उत्तम शर्माले अझ भने, माकपाले धेरै अघिदेखि नै दार्जिलिङ पहाडलाई अझ बलियो स्वायत्तता प्रदानको मांग गरिरहेको छ। यस बाहेक चिया बगानका कामदारहरूका लागि भूमि अधिकार र न्यूनतम ज्याला ऐन, शिक्षा, स्वास्थ्य र अन्य विकासका मुद्दाहरू लिएर तिनीहरू अघि देखि नै उभिएको छन् भने यही मुद्दाहरूलाई लिएर तिनी जन समक्ष जानेछ।
माकपाको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा दार्जिलिङ जिल्ला सचिव एंव पूर्व सांसद समन पाठक, जिल्ला सचिव मण्डली सदस्य सचिन खाती, चेतन गुरुङ, दीपक सोनार, सुभाषना खाती अनि नरेन्द्र प्रधान उपस्थित रहेका थिए।










