खरसाङमा विभिन्न झाँकीहरुको साथमा श्री राम नवमी शोभायात्रा सम्पन्न

IMG-20260327-WA0099

खरसाङ: श्री राम जन्मोत्सव शोभायात्रा आयोजक समिति खरसाङको आयोजनामा यसपाली खरसाङमा विराट श्री राम नवमी शोभायात्रा निकालिएको छ। उक्त राम नवमी शोभायात्रा खरसाङको मोटर स्ट्याण्डबाट निकालेर हिल‌ कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गर्दै अस्पताल मोड भएर वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ। खरसाङमा आयोजना गरिने श्री राम नवमी शोभायात्रा यसपल्ट‌ चार वर्ष पुगेको जानकारी प्राप्त भएको छ। यस श्री राम नवमी शोभायात्रामा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए।‌ त्यसरी नै पूर्व सांसद शान्ता छेत्री, सभासदहरु श्याम शेर्पा, नुरी शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ श्री राम जन्मोत्सव शोभायात्रा आयोजक समिति खरसाङको अध्यक्ष रमेश प्रसाद, सचिव राजेन प्रधान, सह सचिव राकेश प्रसाद लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। गत वर्ष झैं यस वर्ष पनि खरसाङमा श्री राम जन्मोत्सव शोभायात्रा विभिन्न झाँकीहरुको साथमा निकालिएको छ। यस शोभायात्रामा खरसाङ क्षेत्रका सबै मन्दिरहरुका प्रमुख साथै विभिन्न संघ संस्थाहरु र जात गोष्ठीका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

यस शोभायात्रामा‌ श्री राम जन्मोत्सवलाई लिएर विभिन्न झाँकीहरु पनि प्रदर्शनी गरिएको छ थियो। शोभायात्रा शुरु हुन अघि उक्त झाँकीहरुलाई मानव उत्थान सेवा समिति खरसाङकी अध्यक्षा असीमा बाईजी र ब्रह्मकुमारी खरसाङकी प्रमुख सञ्चालिका बीके दुर्गादेवीको बाहुलीबाट पूजा गरिएको थियो। खरसाङ बजारमा शोभायात्रा निकाल्न अघि मोटर स्ट्याण्डमा पूजा अर्चना साथै सानो कार्यक्रम पनि आयोजना गरिएको थियो जसलाई ईभान फाउण्डेशनको अध्यक्ष प्रशान्त शर्माले सञ्चालन गरेका थिए। यस श्री राम नवमी शोभायात्रामा‌ सिंघी नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो। यस अवसरमा श्री राम दरवारको झाँकी, श्री राम वनवास गमनको झाँकी र शिव परिवारको झाँकी पनि प्रदर्शन गरिएको थियो। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै आयोजक समितिको अध्यक्ष रमेश प्रसाद गत वर्ष झैं यस वर्ष पनि खरसाङमा श्री राम नवमीको अवसरमा विराट शोभायात्रा आयोजना गरिएको जानकारी गराएका छन्। उनले यो राम जन्मोत्सव शोभायात्रा आयोजक समिति खरसाङको आयोजनामा गरिएको बताउँदै यो कुनै राजनैतिक नभएर यो‌ पूर्ण रूपमा धार्मिक रैली रहेको बताएका छन्‌। उनले यस धार्मिक शोभायात्रामा खरसाङ क्षेत्रका प्रमुख व्यक्तिहरु लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका बताएका छन्।

उनले विभिन्न सिंघी नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो बताउँदै यस अवसरमा श्री राम दरवारको झाँकी, श्री राम वनवास गमनको झाँकी र शिव परिवारको झाँकी पनि प्रदर्शन गरिएको जानकारी गराएका छन्। उनले यस विराट शोभायात्रामा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement