खरसाङमा लामो समयपछि ब्याटमिन्टन टुर्नामेन्ट आयोजना गरिने

IMG-20230719-WA0344.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा खरसाङमा खरसाङ महकुमा स्तरीय ब्याटमिन्टन टुर्नामेन्ट आयोजना हुने भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्ट आगामी २२ र २३ जुलाई शनिवार र आईतबारको दिन खरसाङमा आयोजना गरिने भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्ट विषयमा आज साँझ खरसाङमा संयुक्त पत्रकार सम्मेलन बोलाएर खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको पक्षबाट जानकारी गराइएको छ। यस अवसरमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले खरसाङमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा खरसाङमा ब्याटमिन्टन टुर्नामेन्टको आयोजना भईरहेको र उक्त टुर्नामेन्ट पाँचवटा क्याटोगरीमा आयोजना गरिने जानकारी गराएका छन्। उनले ब्याटमिन्टन टुर्नामेन्ट अण्डर १५ र अण्डर १९ गरी केटा केटीहरूलाई लिएर आयोजना गरिने अनि ४० वर्षमाथिका भेटरेन क्याटोगरी पनि आयोजना गरिने जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा खरसाङ ब्याटमिन्टन एसोसिएशनको सचिव पियुषद्वारा पनि जानकारी यो ब्याटमिन्टन टुर्नामेन्ट आगामी २२ र २३ जुलाईको दिन खरसाङमा भईरहेको छ अनि यो टुर्नामेन्ट धेरै वर्षपछि आयोजना भईरहेको छ। उनले भने, हामी खुशी छौं कि खरसाङ गोर्खा पार्वत्य खेलकूद संघसित संयुक्त रूपमा ब्याटमिन्टन टुर्नामेन्ट आयोजना गरिरहेका छौं। यो टुर्नामेन्ट खरसाङ महकुमा स्तरीय रूपमा आयोजना गरिएको र आगामी दिनमा हामी जीटीए स्तरीय ब्याटमिन्टन टुर्नामेन्ट आयोजना गर्नलाई कार्य गर्नेछौं। यसपाली ४० वर्षमाथिका भेटरेन क्याटोगरी भने जीटीए स्तरीय रहेको छ।

About Author

Advertisement