खरसाङ: खरसाङको डाउहिल रोड दिलखुशा पाखा वार्ड नम्बर ७ मा अवस्थित आईआईसीई ग्रुप अफ् इन्स्टीट्युट खरसाङ ब्राञ्चको आयोजनामा नि:शुल्क कौशल विकास कोर्स उत्कर्ष बंगला स्किमद्वारा खरसाङ महकुमा अस्पताल रेडक्रस सोसाइटीद्वारा रक्तदान शिविरकाे आयोजना गरिएको छ। कार्यक्रममा विशेष रूपमा जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा विशेष उपस्थित रहेका थिए। त्यसरी नै खरसाङ महकुमा अस्पतालको ब्लड ब्यांकको डा. पीके पोद्दार अनि सिलिगुडी जिल्ला अस्पतालबाट डाक्टर केके पोद्दार, रेडक्रस सोसाइटी खरसाङ शाखाकाे सचिव हिजय सेञ्चुरी अनि स्टाफहरु उपस्थित थिए।

यस रक्तदान शिविरमा भने आईआईसीका विद्यार्थीहरुले जम्मा ३० युनिट रक्तदान गरेको जानकारी प्राप्त भएको छ। रक्तदान गर्ने विद्यार्थीहरुलाई रेडक्रस सोसाइटी खरसाङकाे तर्फबाट प्रमाण पत्र र डोनर कार्ड अनि इन्स्टीट्युटकाे तर्फबाट समृति चिन्ह्र मुख्य अथतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट प्रदान गरियो।

रक्तदान शिविर विशेष गरी इन्स्टीट्युटका प्रमुख तोसिफ मुस्ताफा, शिक्षकहरु अन्शिका तामाङ, रोशनी राई, प्रनित दर्नाल, फुर्बा शेर्पा आदिको पहलमा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस इन्स्टीट्युटले ६ महिना होटल म्यानेजमेन्ट ट्रेनिङ नि:शुल्क गराउँदै आईरहेको र कसैलाई ईच्छा भए आएर भर्ना गर्नु सक्ने जानकारी गराइएको छ।









