खरसाङ: हिल तृणमूल कांग्रेसको माईनोरिटी सेलद्वारा खरसाङमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको ७१ औं जन्म दिन पालन गरिएको छ। खरसाङको हिल तृणमूल कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीको जन्मदिन केक काटेर मनाएका छन्। यस अवसरमा हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जिलिङ जिल्लाको उप सभापति सराफत अलि, खरसाङ टाउन कमिटीको उप सभापति असफक हुसेन लगायत अन्यहरु उपस्थित रहेका थिए। यस अवसरमा बोल्दै हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जिलिङ जिल्लाको उप सभापति सराफत अलिले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म ५ जनवरी १९५५ सालमा भएको र आज मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म दिन पालन गरिएको जानकारी गराएका छन्।

उनले आफुहरु मुख्यमन्त्री ममता ब्यानर्जीको अगुवाईमा काम गर्न सदैव तयार रहेको र मुख्यमन्त्रीको अगुवाईमा काम गर्न खुशी लाग्ने पनि बताएका छन्।










