खरसाङ: खरसाङमा भारतीय भूतपूर्व सैनिक लिग खरसाङ शाखाको आयोजनामा भारतीय सेना दिवस पालन गरिएको छ। संगठनको खरसाङस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच सेना दिवस पालन गरिएको छ। यस अवसरमा खरसाङ शाखाका उप सभापति क्याप्टन बिमल प्रधानको अध्यक्षता र सचिव पुरण थामीको सञ्चालनमा सम्पन्न भएको छ। यस अवसरमा भूतपूर्व सैनिकहरु उपस्थित भएर देशको लागि शहीद भएका बीर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। यसको साथै राष्ट्रिय झण्डा उत्तोलन गर्नुको साथै राष्ट्रिय गान गाएर सेना दिवस पालन गरिएको छ।

यस अवसरमा कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ शाखाका सचिव पुरण थापाले सबैलाई सेना दिवसको शुभकामना दिन्दै प्रत्येक वर्ष १५ जनवरीको दिन सेना दिवस पालन गर्ने गरेको बताएका छन्। उनले १५ जनवरी १९४९ मा सर्वप्रथम भारतीय सेनाको नेतृत्व सेना प्रमुखलाई दिएको ऐतिहासिक घटनाको सम्झना गर्दै सेना दिवस पालन गरिएको बताएका छन्। उनले यसमा सेना दिवसमा भारतीय सेनाको सौर्य, बलिदान र देशप्रतिको निष्ठालाई बुझाउँछ भनी बताएका छन्। उनले देश रक्षामा भारतीय सेनाको महत्वपूर्ण भूमिका रहने पनि बताएका छन्।










