खरसाङमा ब्राउन सुगरसहित एक युवक पक्राउ

IMG-20260331-WA0111

खरसाङ: खरसाङमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेको छ। उक्त युवकलाई खरसाङको फाटक क्षेत्रबाट खरसाङ पुलिसले पक्राउ गरेका छन्। उक्त युवकबाट १२ ग्राम ब्राउन सुगर जफ्त गरिएको छ। युवकलाई पुलिस हिरासतमा राखिएको छ भने बुधवार कोर्टमा प्रस्तुत गरिने भएको छ। खरसाङ पुलिस थानाको आईसी पलास मोहोतोले यस घटना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बताए अनुसार उक्त युवकलाई साँझ ६:३० बजीतिर खरसाङको फाटक क्षेत्रबाट पक्राउ गरिएको छ भने युवकबाट १२ ग्राम ब्राउन सुगर जफ्त गरिएको छ। उनले उक्त युवकको परिचय २७ वर्षीय अनुशीलन आले रहेको पनि बताएका छन्। आरोपी युवकलाई पुलिस हिरासतमा राखिएको र बुधवार कोर्टमा प्रस्तुत गरिने जानकारी गराएका छन्।

About Author

Advertisement