खरसाङमा नेवार विकास बोर्डको आयोजनामा धुप बनाउने प्रशिक्षण शिविर सम्पन्न

IMG-20240520-WA0191.jpg

खरसाङ: पश्चिम बंगाल नेवार सांस्कृतिक विकास बोर्ड र नेवार बुध्दिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा खरसाङमा धुप बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। अहिले बजारमा धुपमा केमिकल मिसाइने हुनाले नेवार जातीय धुप बनाउन प्रशिक्षण दिइएको बताइएको छ। उक्त धुप बनाउने प्रशिक्षण शिविरमा ग्रामीण क्षेत्रका ५ जना अनि ५ जना बजार क्षेत्रबाट प्रशिक्षणमा भाग लिएका छन्। उक्त प्रशिक्षण शिविरमा भाग लिएकाहरूलाई भविष्यमा नेवार विकास बोर्डको पक्षबाट धुप निर्माणको लागि सहयोग गर्ने साथै धुप बनाउन सर सामानहरू सित्तैमा प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त धुप बनाउने प्रशिक्षणमा नेवार बुध्दिष्ट कल्याण समितिको केन्द्रीय उप सभापति पुष्प प्रधान अनि उनकी पत्नीद्वारा प्रशिक्षण दिइएको छ। उक्त धुप बनाउने प्रशिक्षण शिविरमा पश्चिम बंगाल नेवार सांस्कृतिक विकास बोर्डको चेयरम्यान सुनिल प्रधान, खरसाङ महकुमा समितिको सभापति गणेश प्रधान, सचिव राजेस प्रधान र संस्कृतिको संयोजक सञ्जय प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त धुप बनाउने प्रशिक्षण शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल नेवार विकास सांस्कृतिक विकास बोर्डको चेयरम्यान सुनिल प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

Advertisement