खरसाङमा नेवारी भित्ते क्यालेन्डरको विमोचन

IMG-20260301-WA0096

खरसाङ: अखिल भारतीय नेवार संगठन खरसाङ आञ्वलिक समिति श्री भिमेश्वर मन्दिर पक्षबाट नेवारी भित्ते क्यालेन्डरको विमोचन आइतबार श्री भिमेश्वर मन्दिर प्रागणमा नेवार संगठनका सदस्यहरूको उपस्थितिमा सम्पन्न गरियो। उक्त नेवारी भित्ते क्यालेण्डर सम्पूर्ण नेवार परिवारजनको घर-घरमा राखिएको हुनुपर्छ किनभने नेवार जातिको रीति-रिवाज कायम राख्न नेवार जातिको पर्व जान्न सकुन भन्ने उद्देश्यले उक्त नेवारी भित्ते क्यालेण्डरमा समावेश गरिएको जानकारी प्राप्त भएको छ। उक्त चाडपर्व हरेक घरमा पालन गर्न सकुन साथै श्री भिमेश्वर मन्दिरमा पनि समय अनुसार पूजापाठ गरिएको हुन्छ र उक्त पूजा पाठमा पनि प्रत्येक नेवार परिवारजनको सहभागी रहन सकुन भन्ने उद्देश्य लिएर अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर पक्षबाट नेवारी भित्ते क्यालेण्डर विमोचन गर्नुको उद्देश्य रहेको बताइएको छ‌।

यसको अभानेस खरसाङ आञ्चलिक समितिका सदस्यहरूको दुई घर परिवारमा देहान्त भएकाहरूको नाममा एक मिनटको मौनधारण गरेर उनीहरूको आत्माले बैकुण्ठ बास गरुन् भनी श्री भिमेश्वर देव अघि प्रार्थना पनि गरियो भनी संगठनकै उप सभापति मयेजु पुनम प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement