खरसाङमा नारी शक्तिको सांगठनिक सभा सम्पन्न

IMG-20251221-WA0095

खरसाङ: भागोप्रमो नारी शक्ति टाउन कमिटीको तत्वधानमा खरसाङस्थित पार्टी कार्यालयमा सभा सम्पन्न भयो। सभाको अध्यक्षता नारी शक्ति केन्द्रीय समिति सांगठनिक सचिव मैया ठकुरीले गरेकी थिइन्। सभाको सञ्चालन टाउन कमिटीको सभापति देवकी प्रधान सुब्बाले गरेेकी थिइन्। सभामा विशेष रूपले नारी शक्ति महकुमा सभापति साथै खरसाङ नगरपालिका क्षेत्रको चुनाव कोर्डिनेटर सबिता कार्की, सचिव जैतुन निशा खातुन, कार्यकारिणी सदस्य यान्कि लामा, टाउन कमिटी मूल सचिव बिरबल पाखरीन,उपाध्यक्षद्वय संजय मुखिया, सन्तोष परी, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी नारी शक्ति सह सचिवा सरिता मुखिया २८ नम्बर समष्टि सभापति सुषमा मुखिया अनि सम्पूर्ण वार्डको नारी शक्तिको सदस्यहरू उपस्थित थिए। सभाको विषय प्रत्येक वार्डमा सांगठनिक ढांचा तयार गर्न अनि नारी शक्ति टाउन कमिटीमा आधिकारिक रूपमा थप सदस्यहरू अनि रहिआएको सदस्यहरूलाई पदोन्नति विषयमा जानकारी गराउनु थियो।सभालाई महकुमा नारी शक्ति सचिवा जैतुन निशा खातुन, वार्ड नम्बर १ बाट प्रतिभा लेप्चा, वार्ड नम्बर ७ पुष्प खनाल, वार्ड नम्बर ८ सबिता मुखिया, वार्ड नम्बर ९ अन्जु प्रधान, वार्ड नम्बर १० बन्दना थापा, २३ नम्बर समष्टि सभापति सुष्मा मुखिया, वार्ड नम्बर ११ अनु प्रधान, वार्ड नम्बर १२ यान्कि लामा, वार्ड नम्बर १७ सबिता थापा, वार्ड नम्बर १९ उर्मिला मग्राती, वार्ड नम्बर २० सन्ध्या थापा लगायत टाउन कमिटी उपाध्यक्ष सन्तोष परी, महकुमा नारी शक्ति सभानेत्री सबिता कार्की र बिरबल पाखरीनले सम्बोधन गरेका थिए।सभामा सर्वसम्मतिद्वारा पार्टीको मजबुतीकरणको निम्ति टाउन कमिटी नारी शक्तिको पदाधिकारीगणलाई आधिकारिक रूपमा नियुक्ति पत्र प्रदान गरिने साथै थप पदहरू थपिने प्रस्ताव पारित गरियो।

About Author

Advertisement