खरसाङ: खरसाङको मार्सल आर्ट एण्ड फिटनेस एकेडेमीद्वारा खरसाङको हिमाली बोर्डिङ स्कूलमा दोस्रो संस्करणको स्कूल च्यालेन्जर्स कप २०२४ सम्पन्न गरेको छ। दार्जिलिङ जिल्ला स्पोर्ट्स कराते-डु संघका अध्यक्ष शिहान अनिल राईको प्राविधिक मार्गदर्शनमा उक्त च्याम्पियनसिप आयोजना गरिएको हो। यस वर्ष दार्जिलिङ जिल्लाका जम्मा ६९ विद्यालयहरूले च्याम्पियनशीपमा भाग लिएका थिए जुन एउटा सानो शहर खरसाङमा ३६८ जनाको सहभागिता रहेको इतिहास नै हो। च्याम्पियनशीपमा खरसाङका ट्राफिक ओसी सञ्जीव दत्त, क्योशी देबेन गुरुङ, सेन्सी नारायण थापा र नेपालका शिहान श्याम राईको सहभागिता रहेको थियो। सेम्पाई सुशील क्षेत्री माफाको प्रथम विद्यार्थी बने जो सेन्सीको रूपमा सम्मानित भए साथै उनलाई उनको गुरु सेन्सी सन्दीप गोर्खा प्रधानबाट सम्मान प्रदान गरियो। सेन्सी सुशीलले बाल्यकालदेखि नै माफामा कराते सिक्दै थिए र आफूलाई पालन पोषण गरी तालिम दिएर कटना र मर्यादाका साथ बाँच्न सक्ने बनाइ दिएकोमा आफ्नो गुरु सेन्सी सन्दीपप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले कटानाको शिष्यको रुपमा ग्रहण गरी कटाना प्रयोग गर्ने ज्ञान सिकाएकोमा सेन्सी सञ्जय राईलाई धन्यवाद पनि दिए। कार्यक्रमको पहिलो दिनमा उत्कृष्ट लडाकु र उत्कृष्ट कातालाई ट्रफी र रु. २,५०० नगद पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट फाइटरमा हेब्रोन इन्टरनेशनल स्कूल, सिलगढीका मास्टर अमर क्षेत्री र होली क्रस स्कूल, सोनादाकी मिस आयुष्मा राई भइन्। उत्कृष्ट काता कलाकारमा मास्टर आयन राज राई र मिस भूमिका तामाङले जिते जो दुवै दिल्ली पब्लिक स्कूल, सिलगढीमा अध्ययनरत छन्। च्याम्पियनशीपको दोस्रो दिनको जुनियर डिभिजन, बेस्ट फाइटरमा नोर्टे दान एकेडेमी दार्जिलिङका अभिमन्यु खवास र फ्रेन्डसिप स्कूल दुधेकी मिस अन्ननिया विश्वकर्मा भए। जुनियर विधामा उत्कृष्ट काता मिरिक एकेडेमीका मास्टर अंश राई र गुड होप एकेडेमी सोनाजाकी मिस रेहाना राईले जितिन्। खरसाङको हिमाली बोर्डिङ स्कूल पहिलो उप विजेता र दिल्ली पब्लिक स्कूल, सिलगढीले च्याम्पियन अफ द च्याम्पियन्सको उपाधि जितेर क्रमशः १०,००० र २०,००० नगद पुरस्कार प्राप्त गर्यो। च्याम्पियन स्कूलहरूलाई च्याम्पियन्स ट्रफी हिमाली बोर्डिङ स्कूल खरसाङका निर्देशक रोवि सुब्बाले हस्तान्तरण गरेका थिए भनी जानकारी प्राप्त भएको छ।









