खरसाङमा चौथो जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न

IMG-20230731-WA0316.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको अयोजनामा खरसाङमा एक दिवसीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा वर्ष २०२३-२४ को आफ्नो इण्डोर खेलहरू अन्तर्गत अन्तिम खेल प्रतियोगिताको रूपमा चौथो जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता खरसाङको सन्त अल्फन्सेल स्कूलमा सम्पन्न भएको छ।

यस एक दिवसीय चौथो जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता तीनवटा क्याटोगरीमा खेलाइएको थियो। यस अन्तर्गत मेन्स डबल, गर्ल्स ओपेन अनि अण्डर १७ बोइस रहेको थियो। उक्त तीनवटा क्याटोगरीमा अण्डर १७ बोइसमा कालेबुङका निरम लेप्चा बिजेता र कालेबुङकै प्रतिक घतानी उप बिजेता बनेका छन्। त्यसरी नै गर्ल्स ओपेनमा स्नेहाश्री विस्वास बिजेता र शुभश्री गुहा उप विजेता साथै मेन्स ओपेनमा याकुब तामाङ बिजेता र बिनित प्रधान उप विजेता बनेका छन्।

यस जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगितामा मुख्य अतिथिको रूपमा खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, पुर्व टेबल टेनिस खेलाड़ीहरू क्रमैले उत्तमकुमार प्रधान, गौतम छेत्री, रामकुमार प्रधान, लमबर्ट सिंह आदि उपस्थित थिए भनी खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्।

About Author

Advertisement