खरसाङमा गोजमुमोको ट्रेड युनियन डीटीडीपीएलको शाखा कमिटी गठन

IMG-20260215-WA0107

खरसाङ: खरसाङ महकुमा अन्तर्गत २९ नम्बर समष्टिको गिद्द पहाडस्थित गौरी शंकरमा गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको युनिट कमिटी गठन गरिएको छ। यसको साथै गोजमुमोको ट्रेड युनियनलाई लिएर एक सांगठ‌निक सभा पनि सम्पन्न भएको छ। उक्त सांगठ‌निक सभा अमर लामाको अध्यक्षतामा साथै केन्द्रीय समिति ट्रेड युनियन अध्यक्ष सुरज सुब्बाको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ। सभामा गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई, गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति कार्यालय सचिव दिपेन्द्र देवान, खरसाङ महकुमा सह सचिव विकाश तिरुवा, खरसाङ सहर समिति अध्यक्ष गोपाल प्रधान, उपाध्यक्ष विष्णु सुन्दास लगायत अन्यको उपस्थितिमा सम्पन्न भएको छ। सभामा धेरै मानिसहरूले गोर्खा जनमुक्ति मोर्चाको गोर्खाप्रतिको इमान्दारीता र कार्यशैलीलाई मन पराएर धेरैले गोर्खा जनमुक्ति मोर्चा पार्टीलाई समर्थन जनाएको दाबी गरिएको छ। यसै सभामा गोजमुमोको ट्रेड युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन केन्द्रीय समिति अध्यक्ष सुरज सुब्बाको उपस्थितिमा खरसाङ गिद्द पहाड समष्टि ट्रेड युनियनको शाखा समिति पनि गठन गरिएको छ।

उक्त कमिटीमा अध्यक्ष अमित तामाङ, उपाध्यक्ष: प्रणय तामाङ, सचिव पुरण तामाङ, सह सचिव सरन तामाङ, कोषाध्यक्ष मोहन भूजेल, सह कोषाध्यक्ष निरेश शर्मा, सल्लाहकारमा निरज घिसिङ, सञ्जिब भुजेल, विकाश भुजेल, उत्तम सुब्बा, विशाल भुजेल, डम्बर तामाङ, पेमा तामाङ र पवन घिसिङ लगायत ६ जना कार्यकारी सदस्यहरु पनि चयन भएका छन्।

About Author

Advertisement