खरसाङमा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

IMG-20250714-WA0121(1)

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ।‌ खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ, खरसाङ, कालेबुङ, गोरुबथान लगायत विभिन्न स्थानहरुबाट प्रतियोगीहरु उपस्थित रहेका थिए। यस टुर्नामेन्टमा मेन्स सिंगल्समा सिलगढीका‌ बिनीत प्रधान विजय भए भने कालेबुङका याकुब तामाङ उप विजेता बनेका छन्। त्यसरी नै गर्ल्समा टिस्टा तोर्सा सिलगढीकी साहिनिका चाकी विजेता र सिलगढीकै साईना भौमिक उप विजेता बनिन्।‌ यही टेबल टेनिस प्रतियोगिताको अण्डर १६ बोइजमा सिलगढीको सोहन पल‌ विजेता र सिलगढीकै मयुक सरकार उप विजेता बनेका छन्।

यस टेबल टेनिस प्रतियोगिताको मेन्स सिंगल्सका‌ विजेतालाई ट्रफीको साथमा‌ ८ हजार र उप विजेतालाई ट्रफीको साथमा‌ ४ हजार, गर्ल्सको विजेता र उप विजेतालाई ट्रफीससहित ४ हजार र २ हजार अनि अण्डर १६ बोइजलाई ट्रफीसहित ४ हजार र २ हजार रुपियाँ पनि प्रदान गरिएको छ। यस एक दिवसीय टेबल टेनिस प्रतियोगिताको फाइनल खेलमा अतिथिको रुपमा विद्युत् विभाग खरसाङको‌ म्यानेजर सन्दीप तामाङ, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोन र ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस टेबल टेनिस प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टेबल टेनिस प्रतियोगिता विषयमा संयोजक बिजय राईले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी वर्ष पनि टेबल टेनिस प्रतियोगिता आयोजना गरिने बताउँदै यो टुर्नामेन्ट पहाडका खेलाडीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा आयोजना गरिएको तर पहाडबाट सहभागिता कम रहेको बताएका छन्‌।

About Author

Advertisement