खरसाङमा उत्कृष्ट सरस्वती पूजालाई पुरस्कृत गरिने

IMG-20260122-WA0091

खरसाङ: खरसाङको वार्ड नन्बर १ देखि वार्ड नम्बर २० अनि २८ र २९ नम्बर समष्टिमा रहेका उत्कृष्ट सरस्वती पूजालाई पुरस्कृत गरिने भएको छ। २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको इभेन्ट म्यानेजमेन्ट ग्रुप साथै जीटीए प्रमुख अनित थापाकाे सहयोगमा यस वर्ष उत्कृष्ट रहेको सरस्वती पूजाहरुमा प्रथमलाई पन्ध्र हजार (१५,०००), दोस्रोलाई दश (१०,०००) हजार अनि तेस्रोलाई पाँच हजार (५,०००) साथै ट्रफी अनि प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिने भएको छ।
सभासद श्याम शेर्पाले जनाए अनुसार अघिकाे समयमा खरसाङ बजार लगायत वरिपरि क्षेत्रमा भव्य रुपमा सरस्वती पूजाको आयोजना गरिन्थ्यो।तर समयको अन्तरालसँगै यस्ता पूजाहरुमा मानिसहरुकाे लगाव घट्दै गएको विशेष युवा जमातकाे झुकाव कम भएको छ। वर्तमानमा यस्ता कार्यक्रमभन्दा अधिक मोबाइल फोन र मोबाइल गेम साथै सामाजिक सञ्जालमा हाम्रा युवा पिढीकाे ध्यान अधिक रहेको छ। उनले भने, सरस्वती पूजा जस्ता धार्मिक, समाजिक, सांस्कृतिक, सांगीतिक, शैक्षिक मूल्य रहेको कार्यक्रममा जनमानसलाई प्रोत्साहन गर्नुकाे निम्ति पुरस्कारकाे व्यस्था गरेका हौँ।

About Author

Advertisement