खरसाङको २९ नम्बर समष्टिको वार्ड नम्बर ११ मा अनित थापाको पक्षमा चुनाव सभा सम्पन्न

BGPM-ward-No-11

खरसाङ: जीटीए चुनावमा खरसाङको २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिबाट उठेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको पक्षमा विभिन्न वार्डहरूमा चुनावी सभाहरू भइरहेको छ। यसै क्रममा बुधबार खरसाङको वार्ड नम्बर ११ मा चुनावी सभा सम्पन्न भएको छ। उक्त सभा स्थानीय ईरसात हकको अध्यक्षता अनि नितु गुरुङको संचालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो केन्द्रीय सदस्य एंव खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, समष्टी सचिव भक्तिमान तामाङ, नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुन आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले २९ नम्बर समष्टिमा पार्टी अध्यक्ष अनित थापालाई जिताउन सबैलाई आह्वान् गरेका छन्। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवा, कार्यकारी सदस्य बीरेन प्रसादलगायत अन्यहरू उपस्थित रहेका थिए। वार्ड नम्बर ११ लागि चुनाव कार्यालय पनि उदघाटन गरिएको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले खरसाङको २९ नम्बर समष्टिमा हाम्रो प्रार्थी पार्टी अध्यक्ष अनित थापा आफै भएकोले उनी समष्टीको घर दैलोमा आउनु सकेका छैनन् कारण उनले ४५ वटै समष्टिहरूमा हेर्नुपर्ने हुन्छ, तर हामी केही दिनमा पार्टी अध्यक्ष एंव हाम्रो प्रार्थी अनित थापालाई समष्टीको घर दैलोमा ल्याउनेछौं भनी बताएका छन्। उनले यस समष्टिबाट ६ जना प्रार्थीहरू रहेको र यसमा हाम्रो पार्टी अध्यक्ष अनित थापासित कसैको तुलना हुनसक्ने बताउँदै यसपाली खरसाङ गिध्द पहाड़ समष्टिबाट अनित थापालाई भारी मतले बिजय बनाउने आह्वान् गरेका छन्।

About Author

Advertisement