खरसाङको सुबेदार बस्ती नारी समिति गठन

IMG-20241207-WA0232

खरसाङ: खरसाङको वार्ड नम्बर १६ मा अवस्थित सुबेदार बस्तीको समाजका नारीहरुलाई लिएर एक सभा सम्पन्न भएको छ। उक्त सभा डिंकु गुरुङ र शिला थापाको पहलमा सम्पन्न भएको छ। सभामा सुबेदार बस्तीका गाउँ समाजका नारीहरुको उपस्थिति रहेको थियो। सभाको मुख्य उद्देश्य सुबेदार बस्तीको समाजलाई थप उन्नति गराएर लानु तथा नारीहरुको प्रगतिको लागि रहेको बताइएको छ।‌ यसै सभामा नारीहरुलाई लिएर नयाँ नारी समाज- सुबेदार बस्ती नारी समिति नामकरण गरेर गठन गरिएको छ। उक्त नयाँ नारी समाज – सुबेदार बस्ती नारी समितिमा सभापति मिट्ठु सुब्बा, उप सभापति गीता शेर्पा र सुजता छेत्री, मूल सचिवमा सबिता छेत्री, सह सचिवमा शशि छेत्री र सीता छेत्री, कोषाध्यक्षमा ज्योति छेत्री,सह कोषाध्यक्षमा रजनी सुब्बा र पूजा गुरुङ चयन भएका छन्। यस नयाँ नारी समितिमा १० जना समाजका वरिष्ठ नारिहरुको साथमा २१ जना कार्यकारी सदस्याहरु लगाएर जम्मा ४१ जनाको समिति गठन गरिएको जानकारी नव नियुक्त सचिव सबिता छेत्रीले दिएकी छन्।

About Author

Advertisement