खरसाङको सामी लाखाङ गुम्बामा शहीदहरूलाई श्रध्दाञ्जली साथै छेदर पूजा विषयमा सभा सम्पन्न

IMG-20220710-WA0175.jpg

खरसाङ: मणिपुरको पैह्रोमा परेर १०७ टीए बटालियन जीआरका जवानहरूलाई सम्झना गर्दै आज खरसाङको सामी लाखाङ गुम्बा मा १०८ वटा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ। शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन प्रार्थना गरियो भने सबैके आत्मा शान्तिको लागि प्रार्थना पनि गरिएको छ। यसको साथै आगामी महिना वार्षिक रूपमा गरिने छेदर पुजा विषयमा पनि चर्चा गरिएको छ। गुम्बा कमिटीको सल्लाह अनुसार उक्त छेदर पूजा आगामी अगस्त महिनाको १८,१९ अनि २० तारिख हुने तय गरिएको छ। सभामा विशेष गरी गुम्बाको कोषाध्यक्ष ज्योत्सना लामाले सञ्चालन गरेकी थिइन् भने सभाको अध्यक्षता वाङ्गेल छिरिङ भोटियालो गरेका थिए। गुम्बा कमिटिका कानुनी सल्लाहकार पंगज गुप्ता विशेष उपस्थित रहेको थियो। कमिटिका मूल सचिव राज तामाङले पुजा विशयमा कमिटिको बिचार राखे भने अन्य सदस्यहरूले पुजा विशयमा आ आफ्नौ बिचारहरू राखेका थिए। सभाको अन्त्यमा गुम्बाका धर्म गुरू पेम्बा रिम्पोर्छेले आफनौ बिचार राख्दै आगामी महिना ३ दिवसीय छेदर पुजामा प्रत्येक वर्ष जस्तो गर्ने अनि सबैलाई यस पुजामा भाग लिईदिने निवेदन गरेका छन्।

About Author

Advertisement