खरसाङको सन्त जोसेफ प्राईमेरी गर्ल्स स्कूलकाे वार्षिक खेलकूद कार्यक्रम सम्पन्न

IMG-20250511-WA0169

खरसाङ: खरसाङको सन्त जोसेफ प्राईमेरी गर्ल्स स्कूलकाे वार्षिक खेलकूद स्कूलकाे खेल मैदानमा सम्पन्न भयो। यस वार्षिक खेलकूद कार्यक्रममा सभासद श्याम शेर्पा मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा स्कूल सहायक निरीक्षक रोशनी सार्की, प्रधान अध्यापिका जानिन लेप्चा र स्कूल सञ्चालन समितिको सदस्य भरत पटेल उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथि सभासद श्याम शेर्पालाई सन्त जोसेफ हाई स्कूलको ब्याण्डद्वारा स्वागत गर्दै मञ्चसम्म पुराएपछि मुख्य अथितिद्वारा मशाल जलाएर स्कूल क्याप्टेनलाई प्रदान गरेर स्पोर्ट्स शुरुआत भएको घोषणा गरियो। कार्यक्रममा स्वागत सम्भाषण शिक्षिका छेसाङ लामाले राखेका थिए भने धन्यवाद ज्ञापन सिस्टर संगीता तिग्गाले राखेकी थिइन्। कार्यक्रमको सञ्चालन शिक्षिका लक्ष्मी मंग्राती, कारोलिना योञ्जन अनि मञ्जु राईले गरेका थिए।नानीहरूकाे विभिन्न प्रकारको खेलकूद साथै अभिभावक अनि अतिथिहरुकाे पनि मनोरञ्जनात्मक प्रतिस्पर्धा राखिएको थियो। यसमा खेलकुद साथै ड्रिल पनि नानीहरुद्वारा राखिएको थियो।

यस अवसरमा मुख्य अतिथि सभासद श्याम शेर्पाले आफ्नो वक्तव्यमा सन्त जोसेफ प्राईमेरी गर्ल्स स्कूलकाे वार्षिक खेलकूद कार्यक्रम सफल बनेकोमा बधाई दिएका छन्। उनले भने, वर्तमानमा नानीहरूलाई मोबाइलको लतले अभिभावकहरुलाई धेरै समस्या भएको छ। यसरी खेलकूदकाे आयोजना भए नानीहरुलाई खेलकझदप्रति रुचि बढनेछ। खेलकुदले शारीरिक र मानसिक बल बढने गर्छ।

About Author

Advertisement