खरसाङ: खरसाङ नगरपालिकाको वार्ड ९ मा भागोप्रमोको बुथ स्तरीय कमिटीसितै अमृत २.० काे निरीक्षण कमिटी गठन गरिएको छ। आगामी विधान सभा चुनावकाे निम्ति बुथ कमिटी गठन गर्न हेतु वार्ड नम्बर 9 काे स्व. जेके ओझा जन जागरण समिति भवनमा सभा सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य दीपक शर्माकोे अध्यक्षतामा सम्पन्न भएकोे सभालाई सञ्चालन खरसाङ टाउन यूवा शक्तिका अध्यक्ष बन्धन लामाले गरेका थिए। सभामा वक्तव्य दिने क्रममा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीर दीप ब्लोन अनि टाउन कमिटी नारी शक्तिका नव नियुक्त कार्यकारीणी सदस्य सितल रसाइलीले वक्तव्य राखेका थिए। सभामा आगामी चुनावको निम्ति वार्ड नम्बर ९ को निम्ति सर्वप्रथम संयोजक आनन्द जय सिन्हा, कोषाध्यक्ष निर्मला रसाइली सहकोषाध्यक्ष सरस्वती छेत्रीसंगै १५ सदस्य लिएर बूथ कमिटी गठन गरियो। सभामा बन्धन लामाले वार्डमा वरिष्ठ सदस्यहरूले बनाएका सिक्टि प्लस कमिटीलाई अमृत २.० काे निर्माण कमिटी बनाउने सभाकाे माध्यम वाट जिम्मेवारी सुम्पे।सभामा खरसाङ टाउन कमिटीका सांगठनिक सचिव मैत्र सेन शर्मा, २८ नम्बर चिम्नी देउराली समष्टि नारी शक्तिका अध्यक्ष सुषमा मुखिया, टाउन कमिटी नारी अध्यक्ष देवकी सुब्बा प्रधान, उपाध्यक्ष नीतू गुरूङ, सह सचिवा अनु राई सुब्बा आदि उपस्थित थिए।









