खरसाङको वार्ड नम्बर ९ मा १० लाख रुपियाँको कार्य शुरु

IMG-20251231-WA0122

खरसाङ: २८ नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर ८ अनि वार्ड नम्बर ९ मा द्वारे सरकार, दैलोमा सरकार योजना अनुसार प्रत्येक बुथमा १० लाख रुपियाँ राशिकाे कार्य जनताको समस्या जनताको निर्णय अनुसार हालेको कार्यहरु धेरै वार्डमा शुरुआत भईसकेको छ। यसै कार्यक्रम अनुसार हिजो बिहान वार्ड नम्बर ९ मा लामाजनले पूजापाठ गरेर कार्यकाे थाल्नी भएको छ।

उक्त कार्यक्रममा विशेष क्षेत्रीय सभासद श्याम शेर्पा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन युवा शक्ति अध्यक्ष बन्धन लामा अनि वार्डकाे नारी शक्तिहरुकाे उपस्थिति थियो। यसरी नै सभासदद्वारा वार्ड नम्बर ८ काे प्रतिनिधिहरुसित सर सल्लाह गरेर काम चाढै शुरुआत गर्ने निर्णय लिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement