खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड ७ को बुथ नममबर २०३ अनि २०४ कोे निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटीसंगै अमृत २.० काे निरीक्षण कमिटी गठन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाकाे निर्देशलाई अघि बढाउँदै खरसाङ टाउन कमिटीकाे पहलमा अमृत २.० परियोजनालाई सुचारु रूपमा देखरेख गर्न निरीक्षण कमिटी साथै आगामी विधान सभा चुनावकाे निम्ति बुथ कमिटी गठन गर्न हेतु सभा सम्पन्न भएको छ। वार्ड नम्बर ७ काे लोवर शेर्पा बस्ती ग्राम सुधार समितिकोे समिति भवनमा सभा सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य माेहन कुमार गुरुङकोे अध्यक्षतामा सम्पन्न भएकोे सभालाई सञ्चालन खरसाङ महकुमा युवा शक्तिका सह सचिव बिरेश लामाले गरेका थिए। सभामा सर्वप्रथम वार्डका एकजना वरिष्ठ सदस्या स्व. लीला थामीकोे आत्मा शान्तिकाे निम्ति मौन धारण गरियो। वक्तव्य दिने क्रममा क्रमश खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले भागोप्रमोका नेतृत्वसँग परिचय गराउँदै आफ्नो सांगठनिक वक्तव्य राखे भने सभासद श्याम शेर्पाले जीटीएका मुख्य कार्यपाल अनित थापाकोे कुशल नेतृत्वमा वार्ड नम्बर ७ मा भएको विकासमूलक कार्यहरूसँग सबैलाई अवगत गराए। सभामा महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, अनि भागोप्रमो केन्द्रीय समिति सदस्य तथा खरसाङ विधान सभा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोनले आ आफ्नो वक्तव्य राखेका थिए। सभामा बुथ नम्बर २०३ अनि २०४ कोे निम्ति बुथ कमिटी पनि गठन गरियो। सभामा एसआइआरमा वार्ड नंम्बर ७ का बीएलओ अनि बीएलएले वार्डका सदस्यहरूको निम्ति एकदमै राम्राे कार्य गरिदिएकोमा उपस्थित पार्टी नेत्तृत्वगणकोे बहुलीबाट खदार्पणसहित धन्यवाद दिए।









