खरसाङको वार्ड नम्बर ११ र १२ मा भागोप्रमोको मिशन जागरण सभा सम्पन्न

IMG-20240304-WA0146.jpg

खरसाङ: भागोप्रमोको जागरण मिसन अन्तर्गत खरसाङ टाउन कमिटीको तत्वावधानमा धारावाहिक सभा वार्ड नम्बर ११ र १२ लाई लिएर संयुक्त रूपमा भागोप्रमो खरसाङ महकुमा पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता टाउन कमिटीको सांगठनिक सचिव भरीद अलीले गरेका थिए भने सञ्चालन सचिव बिरबल पाखरीनले गरेका छन्। केन्द्रीय अध्यक्ष अनित थापाको पहाड़प्रतिको सकारात्मक विचारलाई जनमानससम्म पुर्याउने कार्य साथै बीजेपी सरकारको गोर्खाहरूप्रतिको अवहेलना र कोल्टे नीतिको खुलेर विरोध गरेर मनन गर्नु पर्ने कुरा वक्ताहरूले बताए। सभामा वार्ड नम्बर ११ अनि १२ को नारी शक्तिको सभापति अनि सचिवलाई खदा लगाएर सम्मान जनाइएको छ। वार्ड नम्बर एघाह्रबाट सैलु गुरुङ, सुधा गजमेर, रमला छेत्री, अनुराधा प्रसाद, मेहरुम निशा, गुलशन खातून, अनुराधा तामाङ, रङगीला हिङमाङ, गजला परवीनलाई नारी शक्ति टाउन कमिटिको निम्ति प्रतिनिधिहरू चयन गरियो। सभालाई जैतून निशा खातुन, पेमेन्द्र गुरुङ, राजु शर्मा, बन्दन लामा, सभासद श्याम शेर्पा, देवकी प्रधान सुब्बा आदिले सम्बोधन गरेका थिए। सभामा महकुमा समिति सदस्य प्रेम बम्जन, टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बल, कोषाध्यक्ष राजेन प्रधान लगायत कार्यकारिणी सदस्यहरू, २८ नम्बर समष्टि सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, पञ्चायत समिति सदस्य दिनेश तामाङ र अन्यहरू उपस्थित थिए। अन्त्यमा सभालाई सभाध्यक्ष फरीद अलिले सम्बोधन गर्दै साच्चि नै हामीले क्षेत्रीय पार्टीलाई बचाएर राखेर आफ्नो मौलिकता कायम राख्नुपर्छ भनी बताएका छन्।

About Author

Advertisement